भक्तपुरबाट पक्राउ !

काठमाडौँ – आफ्नै बच्चाको ज्यान लिएको आरोपमा प्रहरीले एक महिलालाई भक्तपुरबाट पक्राउ गरेको छ। आफ्नै चारदिने शिशुको ह-त्या गरी फालेको आरोपमा प्रहरीले एक महिलालाई भक्तपुरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुर घर भई हाल सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने २२ वर्षीया रमिला राई रहेकी छन्। मुखमा कपडा कोचिएको र सालनालसमेत नछुट्टिएको अवस्थामा फेला परेको शिशुको श-व फेला परेको र अनुसन्धान गर्ने क्रममा राईकै संलग्नता पाइएको प्रहरीले जनाएको छ।

बताइएअनुसार, सोमबार फाहोरको थुप्रोमा सालनालसहितको शिशु मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अनुसन्धान गर्दै जाँदा केहि समयमै घटनामा संलगन आमालाई प्रहरी नियन्त्रणमा लिन सफल भएको हो।

पहिला देखि नै एक सन्तान रहेको र लकडाउनमा दुई सन्तान पाल्न नसक्ने देखेर शिशुको ज्यान लिएको भन्दै महिलाले बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनका श्रीमान लकडाउन शुरु भएको केहि दिन देखि नै गायब छन्। उनी समय-समयमा हराइरहने पक्राउ परेकी राईको भनाई छ। श्रीमानले खासै नहेर्ने हुँदा एक्लै दुई सन्तान पाल्न नसक्ने देखेपछि शिशुको ज्यान लिएको उनको बयान छ।

पक्राउ परेकी राई माथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्दैछ।

प्रकाशित : मङ्गलबार, जेठ १३, २०७७१२:२८

आफ्नै चार दिने शिशुको ज्यान लिने महिला भन्छिन् – ‘लकडाउनले पाल्न सक्ने अवस्था देखिन अनि…”