आज असार २८ गते शनिवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल !

बिक्रम संवत २०७६ साल असार महिनाको २८  गते शनिवार इश्वी संवत २०१९ जुलाई १३ तारिख,  तपाईको दिन कस्तो रहला हेर्नुहोस तपाईको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

धार्मिक एवम आध्यात्मिक कार्यमा व्यस्त भइने छ।  आध्यात्मिक सिद्धि प्राप्ति हुने योग रहेको छ।  बोल्दा विचार पुर्याउनु होला।  शत्रुले कम्जोर समयको फाइदा उठाउन सक्ला सजक रहनुहोला।  आकस्मिक धनलाभ हुने सम्भावना रहेको छ।  नया कार्यको प्रारम्भ सकेसम्म नगर्दा नै राम्रो हुनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

परिवारजनका साथमा यात्रा तथा पर्यटनमा निस्कने समय रहेको छ। व्यापार व्यवसायमा आर्थिक लाभ भएर जानेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नुका साथै यश किर्तीमा वृद्धि भएर जानेछ। आकस्मिक धनलाभ हुने सम्भावना अधिक रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

घरमा सुख ,शान्ति र आनन्दको वातावरण सिर्जना हुनेछ। आर्थिक लाभको सम्भावना रहेको छ। कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य नौकुल रहेको छ।  एओकिएका कार्यहरु सम्पन्न भएर जानेछन। प्रतिष्पर्धाका बिचमा पनि विजय हात लागि हुने सम्भावना रहेको छ।  समग्रमा मिथुन राशी हुनेहरुका लागि भोलीको दिन शुभ फलदायी रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

शारीरिक तथा मानसिक स्वास्थ्यमा समस्या देखिन सक्ला।  नया कार्यको थालनी गर्नका लागि भोलीको दिन त्यति लाभदायक रहेको छैन। पेट दुखाईको समस्याले हैरान बनाउने छ। आकस्मिक धन लाभ भएर जानेछ।  बोलीको कारणले गर्दा कसैको मनमा नकारात्मक चोट पुग्न सक्छ विचार पुर्याउनु होला। सम्भवत यात्रामा नानिस्कादा नै राम्रो हुनेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

घरायसी वातावरण सुखमय रहनेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  धार्मिक कार्यमा मन जानेछ। मनमा नकारात्मक भावना पैदा भएर जानेछ। अनिन्द्राले सताउने छ।  समयमा भोजन नमिल्नाले पेट दुख्ने समस्या देखा पर्नेछ। नोकरी व्यवसायको क्षेत्रम खासै सफलता मिल्नेछैन।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

परिवारका साथमा आनन्दमय समय व्यतित हुनेछ। अचानक मित्र भेट हुने सम्भावना रहेको छ।  शुभ समाचार सुन्न पाइनेछ।  कार्यमा सफलता मिलनका साथै छोटो दुरीको अविष्मरणीय यात्रा हुन सक्छ। स्वादिष्ट भोजनको अससर मिल्नेछ।  समग्रमा कन्या राशी हुनेहरुका लागि भोलीको दिन शुभ फलदायी रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मानसिक द्विविधाका महत्वपूर्ण निर्णय लिन सकिने छैन। नया कार्यको शुभारम्भ सकेसम्म नगर्दा नै राम्रो होला। अनावश्यक मनमुटाव र झैँ झमेलामा नाफस्दा नै राम्रो हुनेछ।  आर्थिक लाभ हुने समभावना रहेको छ।  पढाई लेखाईको कार्यमा खासै सफलता मिल्ने छैन। समग्रमा तपाईका लागि भोलीको दिन फलदायी साबित हुनेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

शारीरिक तथा मानसिक प्रसन्नता छाउने छ। घरायसी वातावरणमा खुसियाली छाउने छ। वैवाहिक सम्बन्धमा सुमधुरता छाउने छ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ।  रमणीय स्थलको यात्रा हुन सक्ने सम्भावना रहेको छ।  कार्यमा सफलता मिल्नेछ। प्रियजनसंगको भेटघाटले मन रमाउने छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

परिवारजनका साथमा अनावश्यक बहस हुनेछ। बाणी तथा व्यवहारमा संयमित् रहनुपर्नेछ।  मानसिक क्रोधलाई काबुमा राख्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  स्वास्थ्यमा समस्या देखिन सक्नेछ।  अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

आकस्मिक मित्रभेट हुनाले मन प्रफुल्लित हुनेछ। सामाजिक आर्थिक एवम ब्यापारिक क्षेत्रका लागि भोलीको दिन लाभदायी रहेको छ। दाम्पत्य सुख मिल्नेछ।  लामो तथा छोटो दुरीको यात्रा हुन सक्ने सम्भावना रहेको छ।  घरमा मांगलिक कार्यको योजना हुने सम्भावना रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

अपेक्षा गरे अनुरुप प्रत्येक कार्य सरलता पुर्वक सम्पादन भएर जानेछ। फलस्वरुप मानसिक रुपमा प्रफुल्लित रहनुहुने छ। कर्यक्षेत्रमा उच्च पदाधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ। नोकरीमा पदोन्नति हुने योग रहेको छ।  धन्प्रप्तिको योग रहेको छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

मानसिक अस्वस्थताका कारण चिन्ताको मात्रा बढेर जानेछ। शारीरिक थकान र अलस्यताको अनुभव हुनेछ। सन्तान सुख मिल्नेछैन।  महत्वपुर्ण निर्णय भोलीको दिन सकेसम्म नलिदा नै हितकारी हुनेछ। व्यापार व्यवसायका कार्यमा खासै सफलता मिल्ने छैन।

प्रकाशित : शुक्रबार, असार २७, २०७६१४:२२

आज असार ३० गते सोमवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् आजको राशिफल !