काठमाडौँ – बुधबार एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोरोना संक्रमण भएका व्यक्तिको सङ्ख्या ८ सय ८६ पुगेको जानकारी दिए। संक्रमित मध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेको पनि उनले जानकारी दिए।
धरानमा गरिएको परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जना, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म नेपालमा चारजनाको मृत्यु भएको छ भने १८३ जना निको भएर घर फर्किएका छन्।