इमरान खानले भने – “भारत छिमेकीका लागि खतरा भयो”

काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत छिमेकीका लागि खतरा बन्दै गएको बताएका छन्। बुधबार एक ट्वीट गर्दै प्रधानमन्त्री खानले भारत छिमेकीका लागि खतरा बन्दै गएको बताएका हुन्।

मोदी सरकारको नीति नाजी नीतिसरहको रहेको र त्यो बंगलादेश, पाकिस्तान चीन र नेपाल सबैको लागि खतरा रहेको उनको टिप्पणी छ। यस्तै उनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिन्दूवादी फासिष्टको संज्ञा पनि दिएका छन्।

मोदी सरकारले बंगलादेशलाई नागरिकता कानुनमार्फत्, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झुटो अभियानमार्फत् धम्क्याइरहेको खानको आरोप छ।

भारतप्रशासित काश्मीरमा अबैध कब्जा जमाएर मोदी सरकारले युद्ध अपराध गरिरहेको र पाकिस्तानप्रशासित काश्मीरमाथि पनि दाबी गरिरहेको भन्दै मोदी माथि आक्रोश पोखेका छन्।

भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको मोदी सरकार ती अल्पसंख्यकका लागिमात्र नभई क्षेत्रीय शान्तिकै लागि खतरा बनेको उनको दाबि छ।

प्रकाशित : बुधबार, जेठ १४, २०७७११:५२

नेपालका १८३ जनाले जिते कोरोना