काठमाडौँ । यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ । बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।
१.लसुनः लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
२.ग्रीन टीः केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।
३.केराःयदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।
४.पुदीनाः पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।
५.दालचीनीः तौल कम गर्नको लागि दालचिनी निकै उपयुक्त हुन्छ । बिहानको नास्ताभन्दा पहिले र राती सुत्नुभन्दा अगाडी दालचिनीको प्रयोग गर्नुहोस् । त्यसको लागि एक कप पानीमा एक चम्चा लादचिनी पाउडर मिसाउने । यो एक प्रकारको पेय पदार्थ भएकाले दैनिक दुइ पटक पिउँदा केही दिनमा नै यसको असर देख्न सकिन्छ ।
६.स्याउः स्याउमा पाइने पोटासिमयमले शरिरमा बढिरहेको बोसोलाई कम गर्छ । धेरैबेर भोक लागेको महसुस पनि स्याउने कम गर्छ ।
७.ओमेगा थ्रीले भरपुर खानेकुराः तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा जस्ता खानेकुरामा ओमेगा थ्री तत्व पाइने भएकाले यस्ता चिजले शरिरमा जमेर रहेका अतिरिक्त बोसोलाई हटाउन सहयोग पुर्याउँछ ।