५० बढी जिल्लामा पुग्यो कोरोना, ३ जिल्लामा सय भन्दा बढी संक्रमित ! कुन जिल्लामा कति ?[तथ्यांक सहित]

काठमाडौँ – नेपालमा बिहिबार अहिले सम्मकै धेरै संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार एकै दिन १ सय ५६ जना कोरोना भाइरस संक्रमित फेला परेका हुन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार  बिहीबार  दैलेखमा ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जा ३, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुर १, बर्दियाका ३, बाँके १, झापाका २५, नवलपुरका १, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बुका १, बझाङका १, सुर्खेतका १३ संक्रमित थपिएका छन्।

एकै दिन १ सय ५६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म १ हजार ४२ जना संक्रमित फेला परेका छन्।

कुन प्रदेशमा कति?

बिहिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै भन्दा धेरै संक्रमित प्रदेश नम्बर २ मा फेला परेको जानकारी दिए। उनका अनुसार प्रदेश नम्बर २ मा अहिले सम्म संक्रमितको संख्या ४ सय १५ पुगेको छ। प्रदेश २ का सबै जिल्लामा संक्रमण फेला परेको छ। प्रदेश २ पछि सबै भन्दा धेरै संक्रमित प्रदेश नम्बर ५ मा फेला परेका परेका छन्। अहिले सम्म त्यहाँ ३ सय ६९ जना संक्रमित फेला परेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार प्रदेश ५ का ९ जिल्लामा संक्रमण देखिएको छ।

यस्तै प्रदेश १ को ८ जिल्लामा १ सय २९ जना र बागमती प्रदेशको १२ जिल्लाका ४४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। कर्णाली प्रदेशका ३ जिल्लाका ४७ जनामा र सुदुरपश्चिम प्रदेशको ७ जिल्लामा २१ जना कोरोना भाइरस संक्रमित फेला परेको देवकोटाले बताए। सबै भन्दा कम गण्डकी प्रदेशका ४ जिल्लामा १७ जनामा संक्रमित फेला परेका छन्।

कुन जिल्लामा कति ?

बिहिबार केहि नयाँ जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना पुष्टि हुने जिल्लाको संख्या ५१ पुगेको छ। सबै भन्दा धेरै संक्रमित बाँके जिल्लामा फेला परेका छन्। बाँके सहित कपिलवस्तु र रौतहटमा सय बढी संक्रमित फेला परेका छन्।

सबै भन्दा धेरै संक्रमित फेला परेको बाँके जिल्लामा संक्रमितको संख्या १ सय ७० पुगेको छ। बाँके पछाडी कपिलवस्तुमा १ सय ९ जना र रौतहटमा १ सय ६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।

जिल्ला अनुसार विवरण निम्न छ –

 

बिहिबार सम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। ललितपुर स्थित किष्ट अस्पतालमा मृत्यु भएका एकजनामा कोरोनाको पुष्टि भएसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ। अहिले सम्म नेपालका कुल संक्रमित मध्ये १ सय ८७ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित : बिहिबार, जेठ १५, २०७७०९:२२

प्रहरीको सडकमै बास !