कपालले मानिसको व्यक्तिव र सुन्दरता झल्काउने कार्य गर्दछ । तर बिभिन्न कारणले गर्दा कपाल झर्ने तथा टुक्रिने समस्या हुन सक्छ । जस्तै कपाललाई बलियो तथा स्वस्थ बनाउने तत्वहरुको शरीरमा कमि अथवा अभाव हुँदा कपाल झर्ने र टुक्रिने गर्दछ । यी पोषण तत्वहरु पाइने कुराहरु नियमित सेवन गरि यो कपाल झर्ने समस्या रोकिनुका साथै झरेको ठाउँमा कपाल उम्रिन पनि सुरु गर्दछ ।
प्रोटिनयुक्त खानेकुरा सेवन
यदि हाम्रो शरीरमा प्रोटिनको कमि हुन गएमा कपाल कमजोर हुनुको साथै फुल्ने समस्या हुने गर्दछ । त्यही भएर खानामा दही, अण्डाको पहेँलो भाग, बदाम, राजमा, मटरकोसा, मुसुरो दाल, तोफु, कुखुराको मासुजस्ता प्रोटिनजन्य खाना खाने गर्नाले कपाल झर्न रोकिनुका साथै थप कपाल पलाउँछ ।
फ्याटी एसिडयुक्त खानेकुरा सेवन
फ्याटी एसिडले कपालका जरालाई बलियो बनाउने गर्छ । ओखर, सालमोन माछा, निउटेला, तोफु, काउलीजस्ता खानामा यस्तो एसिड पाइने भएकाले हरेक दिन यस्ता खाना खाने गर्नुपर्छ ।
जिंकयुक्त खानेकुरा सेवन
जिंकयुक्त खाना खानाले शरीरमा टेस्टोस्टेरोनलगायत हार्मोनका मात्रा सन्तुलनमा रहन्छन् । साथै, टाउकोमा चिप्लो पदार्थ उत्पादन गर्ने ग्रन्थीलाई पनि यसले सक्रिय गराउँछ, जसले गर्दा टाउको र कपाल स्वस्थ हुन जान्छ । त्यही भएर जनावरको कलेजो, फर्सीको बियाँ, हाडेबादम, कुखुराको छाती, च्याउजस्ता जिंकयुक्त खाना खाने गर्नुपर्छ ।
आइरनयुक्त खानेकुरा सेवन
आइरनयुक्त खाना खानाले शरीरका टाउकोलगायत शरीरका कोषिकामा रगत, अक्सिजन, पोषक तत्व आदिको आपूर्ति बढेर जान्छ, जसले कपाललाई स्वस्थ र बलियो बनाउँछ । गाढा हरियो पात भएका सागपात, गेडागुडी, राजमा, खसीको मासु, अण्डाको पहेँलो भागजस्ता खानामा आइरनको मात्रा उच्च हुन्छ । थप पढ्नका लागि Next बटन थिच्नुहोस् ।:
भिटामिन ए र सी युक्त खानेकुरा सेवन
भिटामिन ए र सीले कपालको जरालाई बलियो बनाउँछ । भिटामिन सीले शरीरभित्र आइरनको मात्रालाई पनि बढाउँछ, जुन कपालको स्वास्थ्यका लागि उपयोगी हुन्छ । त्यही भएर ब्रोकाउली, गाजर, सखरखण्ड, फर्सीजस्ता भिटामिन ए र सी प्रशस्त मात्रामा पाइने खाना दिनहुँ खाने गर्नुपर्छ ।
म्याग्निसियमयुक्त खानेकुरा सेवन
शरीरमा म्याग्निसियमको मात्रा घट्यो भने कपाल तीव्र गतिमा झर्ने गर्छ । हाडे बदाम, मुसुरो दाल, उसिना चामलको भात, ओखर, कोसे तरकारी, एभोकाडो, केराजस्ता म्याग्निसियमयुक्त खाना दिनहुँ खाने गर्नुपर्छ ।
सेवन गर्न कम गर्नु पर्ने कुराहरु
चुरोट, रक्सि , कफी,चिया , सुर्तीजन्य पदार्थ
केमिकेलजन्य कुरा हालि गुलियो बनाइएको खाद्य पदार्थ
फास्टफुड तथा जंकफुड
मसलादार तथा शरीरलाई बढी तातो बनाउने खाना
चिल्लोचाप्लो, तारेको खानेकुरा