कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ७ पुग्यो !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात पुगेको छ। दैलेखमा मृत्यु भएका एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको हो।

दुल्लु नगरपालिका-७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका दुल्लु नगरपालिका – ११ का ३५ वर्षीय युवकमा कोरोनाको पुष्टि भएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।


दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार उनी १० दिन अघि भारतको गुजरातबाट आएका थिए। शनिबार बिहान चिया-नास्ता खानेक्रममा ढलेको र उनको त्यहि मृत्यु भएको मेयर भण्डारीले बताए।

नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको उक्त क्वारेन्टाइनमा मृ-त्यु हुने युवक सहित ७९ जनालाई राखिएको थियो। क्वारेन्टाइनमा रहेका सबैको बिहीबार स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला पठाइएको थियो। जसको रिपोर्ट पोजेटिभ आएको हो।

यस अगाडी सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँके जिल्लामा एक-एक जनाको मृत्यु भएको थियो।

प्रकाशित : शनिबार, जेठ १७, २०७७१३:११

काठमाडौँका फरकफरक ठाउँमा कोरोना देखिन थाल्यो, परीक्षणको दायरा बढाउँदै कामपा !