काठमाडौँ – गुल्मीको क्वारेन्टाइनमा रहेका एक जनाले आत्महत्या गरेका छन्। गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा रहेका एक जनाले आत्महत्या गरेका हुन्।
भारतबाट आएका ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाइन नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका उनी फिर्ता नआएको र खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए ।

