संशोधन विधेयक संसदमा पेस हुँदै: संविधान संशोधनको विपक्षमा राजपा, समाजवादी अनिर्णित !

काठमाडौँ – नेपालको नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक आज संसदमा पेस हुने भएको छ। सरकारले प्रतिनिधि सभामा आज संविधान संशोधन विधेयक पेस गर्ने भएको हो।

सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधिसभामा प्रस्ताव दर्ता गर्न लागिएको हो। आइतबार बस्ने संसदको कार्यसूचिमा संविधान संशोधनलाई राखिएको संसद सचिवालयले जनाएको छ।

गत हप्ता नै सरकारले नेपालको नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो। तर, नेपाली कांग्रेसले केन्द्रिय समितिबाट संशोधनको पक्षमा निर्णय गर्ने बताएपछि संशोधनलाई कार्यसूचिबाट हटाइएको थियो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति बसेको बैठकले नक्सा संशोधन सम्बन्धी विधेयकको पक्षमा मतदान गर्ने निर्णय गारिसकेको छ। जससँगै आइताबरा विधेयक आज पेश गर्ने तयारी गरिएको हो।

संविधान संशोधनको पक्षमा राजपाले मतदान नगर्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । शनिबार बसेको राजपा नेपाल संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

संविधानमा रहेका विभिन्न विषयहरु संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तावलाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ।

संविधान संशोधनमा आफूहरुको माग पनि समावेश गरि प्याकेजमै संशोधन गर्न राजपा नेपालको माग छ। शुक्रबार राजपा नेपालले संविधान संशोधनको प्रस्ताव संसदको सचिवालयमा दर्ता गराउने प्रयास समेत गरेको थियो।

समाजवादी अनिर्णित

नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने अथवा नगर्ने भन्ने विषयमा समाजवादी पार्टी भित्र अन्योलता देखिएको छ। पार्टीले अहिले सम्म यस विषय बारे निर्णय गर्न सकेको छैन। केहि अन्तर्वार्ताहरुमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्याकेजमा सहमति गर्न सरकारसँग माग गरेको पाइएको छ। यधपी संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने अथवा नगर्ने भन्ने विषयमा पार्टीले निर्णय गरिसकेको छैन।

प्रकाशित : आइतबार, जेठ १८, २०७७०४:१८

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु ! कुन देशमा कति ?