कानुनमन्त्री शिवमायाद्वारा संविधान संशोधन विधेयक संसदमा पेस !

काठमाडौँ – नेपालको नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक आज संसदमा पेस भएको छ। कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबार बसेको प्रतिनिधि सभामा संविधान संशोधन विधेयक पेस गरेकी हुन्।

सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधिसभामा प्रस्ताव दर्ता गरिएको हो ।

गत हप्ता नै सरकारले नेपालको नयाँ नक्सा संशोधन सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो। तर, नेपाली कांग्रेसले केन्द्रिय समितिबाट संशोधनको पक्षमा निर्णय गर्ने बताएपछि संशोधनलाई कार्यसूचिबाट हटाइएको थियो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार राति बसेको बैठकले नक्सा संशोधन सम्बन्धी विधेयकको पक्षमा मतदान गर्ने निर्णय गारिसकेको छ। जससँगै आइताबरा विधेयक आज पेश गरिएको हो।

प्रकाशित : आइतबार, जेठ १८, २०७७०५:५१

कोरोनाको विश्वभर ‘बितण्डा’, तर यी १२ देश भने अझै सुरक्षित ! यी हुन् कोरोना नदेखिएका देश[सूची]