सलमान र ऐश्वर्याको ब्रेकअपको किस्सा जान्नुभएमा तपाईको आँखाबाट आँसु अवश्य आउनेछ

काठमाडौँ । सलमान खानलाई बलिउडको सबैभन्दा विवादास्पद अभिनेता भन्दा फरक नपर्ला । अदालतको मामिला बाहेक उनको प्रेम जीवन पनि धेरै पटक विवाहको शिकार बनिसकेको छ । धेरै अभिनेत्रीहरुसँग उनको नाम पनि जोडिसकेको छ र धेरै सँग ब्रेकअप पनि भईसकेको छ । जहाँ सम्म सलमान खानको ब्रेकअपको कुरा गर्ने हो भने ऐश्वर्यासँगको उनको ब्रेकअपको चर्चा अहिले पनि बेला-बेला गरिन्छ ।

सलमान खान र ऐश्वर्या रायको प्रेम कहानी पूरा बलिउडमा सबैभन्दा लोकप्रिय थियो । यो भन्दा बढी प्रसिद्ध उनको ब्रेकअपको हिस्सा भएको थियो । मिडियामा धेरै प्रकार-प्रकारका खबरहरु आइरहेका थिए, तर जब ऐश्वर्या रायले पहिलो पटक सलमान खान र उनको ब्रेकअपको बारेमा बताईन तब सत्य-तथ्य थाहा पाएर सबै दंग परेका थिए ।

ऐश्वर्या राय सलमान खानसँग डरको कालो छायाँको साथ रहने गर्थिन् । सलमान खानले अक्सर आफ्नो चरित्रमा नराम्रो तरिकाले शंका गर्ने ऐश्वर्या रायले बताइन । यति मात्र नभई सलमान खानले रक्सीको नशामा ऐश्वर्यालाई निर्मम तरिकाले कुटपिट गर्ने गर्थे ।

त्यस समयमा भारतीय समाचारपत्रहरुमा प्रकाशित खबर अनुसार आफ्नो ब्रेकअपको त्यस भयानक रातको बारेमा बताउँदै ऐश्वर्याले भनेकी थिईन कि, सलमान नशाको हालतमा उनको घर आएका थिए र चिच्याउदै बेस्सरी ढोका ढकढकाउन थाले । ऐश्वयाले जवाफ चुपचाप बसेपछि हातमा रगत नआउने बेलासम्म सलमानले ढोका ढकढकाइ रहे । यस पछि यस मामिलाले अझ उग्र रुप लियो । रातको उक्त डरलाग्दो घटना पछि ऐश्वर्याको पिताले सलमान खान विरुद्ध प्रहरी कार्यालयमा गई उजुरी दिए ।

ऐश्वर्या राय आफूले सलमान खानलाई खुसी राख्नको लागि हर सम्भव कोसिस गरेको तर सलमान खान उनीसँग सधैंजसो रिसाउने गरेको एक अन्तर्वार्ताको क्रममा सुनाइन । सलमान खानको यस प्रकारका हर्कतबाट वाक्क-दिक्क भई अन्त्यमा ऐश्वर्या रायले सलमान खानसँगको सम्बन्ध समाप्त गर्ने निर्णय लिईन । परिवार निकट स्रोतका अनुसार ब्रेकअप पछि सलमान खानले ऐश्वर्या रायलाई ज्यान मार्ने धम्की दिएका थिए ।

प्रकाशित : सोमबार, जेठ १९, २०७७१४:४९

मान्नुस् या नमन्नुस्, यी बलिउड कलाकार लेखनमा पनि पोख्त छन् !