आज जेठ २१ गते बुधबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाईले सामाजिक तथा सार्वजनिक क्षेत्र मा मानिसहरुको प्रसंशा प्राप्त गर्नुहुनेछ। दाम्पत्य-जीवनमा सुख र सन्तुष्टिको अनुभव गर्नुहुनेछ।प्रिय व्यक्तिबाट प्रेम प्राप्त गर्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

शारीरिक मानसिक स्वस्थताको साथ तपाई आफ्नो कार्य निर्धारित रूपमा पुरा गर्न सक्नुहुनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। कार्य स्थलमा सहकर्मीको साथ मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नया कार्य सुरु गर्नको लागि यसदिन अनुकुल हुदैन। जीवनसाथी र संसन्तानको स्वास्थ्यको ध्यान राख्नुहोस। वाद-विवादको समयमा मानहानी हुनसक्नेछ। यसको ध्यान राख्नुहोस।  शारीरिक र मानसिक अस्वस्थताको कारण उत्साहमा कमि आउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईमा आनन्द र स्फूर्तिको अभाव रहेनछ। मनमा खिन्नता रहनेछ। अनिन्द्राले सताउनेछ। सार्वजनिक रूपमा स्वाभिमान भंग हुने सम्भावना रहेको छ। त्यसैले यसको ध्यान राख्नुहोस।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यस दिन तपाईले शरीरमा ताजगी र खुशीको अनुभव गर्नुहुनेछ। साथीहरुसंग तपाई बढि आत्मीयता अनुभव गर्नुहुनेछ।आर्थिक लाभ मिल्नेछ । प्रिय व्यक्तिसंगको भेटले मन आनन्दित हुनेछ। भाग्यवृद्धिको प्रबल योग छ ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

परिवारमा सुख-शान्ति छाउनेछ। तपाईको व्यवहारले अरुलाई प्रभाव पार्न सक्नुहुनेछ। विदेशिने सम्भावना रहेको छ। मिष्टान्नको साथ मनपर्ने भोजन गर्नुहुनेछ। आयात-निर्यातबाट व्यपारमा सफलता मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाइमा रचनात्मक शक्ति प्रकट हुनेछ। वैचारिक दृढताबाट तपाईका कार्यहरू सफल हुन्छ। मनोरंजन तथा कपडामा खर्च हुनेछ। आत्मविश्वास  बढ्नेछ । जीवन साथी तथा  प्रिय व्यक्तिको साथ उत्साहजनक र रमाईलो समय बित्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यस दिन तपाईले मनोरन्जनमा पैसा खर्च गर्नुहुनेछ। मानसिक चिन्ता र शारीरिक समस्याले चिन्तित हुनुहुनेछ। असंवेदनशील बोली वा व्यवहारले झ-गडा उत्पन्न गर्न सक्दछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन तपाइको लागि लाभदायक हुनेछ । गृहस्थजीवनमा सुख-शान्ति रहनेछ। प्रिय व्यक्तिको साथ समय बित्नेछ। आयको स्रोत बढ्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापारमा लाभ हुनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ। पदोन्नति योगको संभावना बढ्नेछ। पिताबाट लाभ हुनेछ। प्रतिष्ठामा वृद्धि हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाई अस्वस्थ र  थकित महसुस गर्नुहुनेछ।  तर तपाई मानसिक स्वस्थता कायम राख्न सक्षम हुनु हुनेछ। शरीरमा स्फुर्तिको अभाव रहनेछ, जसकारण काम गर्ने उत्साह हट्नेछ। लामो यात्रा हुने सम्भावना रहेको छ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

स्वास्थ्यको सम्बन्धमा बिशेष ध्यान दिनुहोस। अचानक बिरामी हुदा खर्च  सम्भावना रहेको छ। अन्य कामकाजमा पनि तपाईले थोरै समस्या भोग्नुहुनेछ। पारिवारिक सदस्यको साथ मनमुटाव हुने सम्भावना रहेको छ ।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७०८:५९

भोलि जेठ २३ गते शुक्रबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!