काठमाडौँ – मंगलबार काठमाडौँ उपत्यकाका ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट उपत्यकाका ५ जनामा कोरोनाको पुष्टि भएको हो।
कोरोना भाइरस पुष्टि हुनेहरुमा भक्तपुर चाँगुनारायणका ३० वर्षीय महिला र काठमाडौँ मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले काठमाडौँ मेडिकल कलेजका २४ देखि ३२ वर्ष सम्मका ३ महिना र २८ वर्षका पुरुष स्वास्थ्यकर्मीमा कोरोनाको पुष्टि भएको जानकारी दिए।
मंगलबारको नयाँ पुष्टिसँगै उपत्यकामा संक्रमितको संख्या ३० पुगेको छ। जस मध्ये काठमाडौँमा २२ जना, भक्तपुरमा ५ र ललितपुरमा ३ जना रहेका छन्। उपत्यकामा अहिले सम्म १ जनाको मृत्यु भएको छ।