यसरी बनाउन सकिन्छ घरमै आइसक्रिम

काठमाडौं,
गर्मीमा आइसक्रिमको शीतलता र स्वाद मन नपर्ने कमै हुन्छन् । बजारमा विभिन्न फ्लेवरका आइसक्रिम पाइन्छन् । तर, धेरैलाई लाग्छ, घरमा त आइसक्रिम बनाउनै सकिँदैन । तर, यो सोच गलत हो । आफूलाई मन पर्ने स्वादको आइसक्रिम घरमै सजिलोसँग बनाएर खान सकिन्छ । तर, एउटा सर्त अनिवार्य छ, आइसक्रिम बनाउन फ्रिज त चाहिन्छ नै ।

आवश्यक सामग्री
दूध १०० मिलिलिटर (क्यानको मात्र), क्रिम ५० मिलिलिटर, आफूलाई मनपर्ने फलफूल ५० ग्राम (केरा, आँप, चकलेट, स्ट्रबेरी, वेनिलसलगायत)

बनाउने तरिका
फलफूल राम्रोसँग सफा गरेर मिक्स्चरमा राखेर पिस्ने । तर, चकलेट, स्ट्रबेरी, वेनिलसलगायत राखेर बनाउने हो भने पिस्नुपर्दैन । यो सामग्री तयार पारिसकेपछि क्रिमलाई एउटा सानो बउलमा राखेर राम्रोसँग चलाउने । क्रिम बाक्लो नहुँदासम्म घोलिराख्नुपर्छ । यसपछि दूध, चिनी अनि तयार पारिएको फलफूलको पेस्ट पनि राखेर राम्रोसँग चलाउने । मज्जाले घुलिसकेपछि एउटा बउलमा राख्ने । बिर्को भएको बउल भए अझ राम्रो हुन्छ । नभए प्लेट या केहीले ढाकेर फ्रिजमा राख्ने । ५–६ घन्टा फ्रिजमा राखेपछि आइसक्रिम तयार हुन्छ ।

प्लस टिप्स
आइसक्रिममा प्रयोग गर्ने क्रिम र क्यानको दूध डेरीमा किन्न पाइन्छ । क्यानको दूध त घरमै पनि बनाउन सकिन्छ, तर केही झन्झटिलो भने हुन्छ । खुला दूध पातलो हुने भएकाले आइसक्रिम बनाउ“दा क्यानकै दूध चाहिन्छ । फलफूल प्रयोग नगरी रेडिमेड फ्लेबर प्रयोग गर्ने भएयो पनि बजारमै पाइन्छ । घरमा तयार पारेको आइसक्रिम कोनमै खाने हो भने यो पनि बजारबाटै खरिद गर्नुपर्छ । तर, घरमै कपमा राखेर खान पनि सकिने भएकाले कोनकै आवश्यकता पर्दैन ।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७१६:२५

यस्ता गल्ति गर्नुहुन्छ भने जे-सुकै गरे पनि घट्दैन तपाइको पेट!