भोली मिति बिक्रम संवत २०७६ साल असार महिनाको ३१ गते मंगलवार इश्वी संवत २०१९ जुलाई १५ तारिख, भोली गुरुपुर्णिमा/खण्डग्रास चन्द्रग्रहण। काठमाडौँमा सुर्योदय बिहान ५ बजेर १९ मिनेटमा हुनेछ भने सुर्यास्त साँझ ६ बजेर ५९ हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलीको राशिफल !
मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
नजिकका साथीभाई तथा आफन्तजनको तर्फबाट बिशेष लाभ मिल्ने समय रहेको छ। आर्थिक स्थिति मजबुत भएर जानेछ। शारीरिक अस्वस्थ्ताको शिकार भइने छ। धर्मिक एवम मांगलिक कार्यमा उपस्थित हुने समय रहेको छ। रिसलाई काबुमा राखेर हिड्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।
वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )
स्वास्थ्यमा समस्या देखिनाले दैनिक कार्यमा ढिलासुस्ती देखिनेछ। शारीरिक आलस्यता र थकानले सताउने छ। सकेसम्म नया कार्यको थालनी गर्नका लागि भोलीको दिन त्यति उपयुक्त रहेको छैन। खानपानमा बिशेष ध्यान पुर्याउनु पर्नेछ। आध्यात्मिक चिन्तन गर्नाले हरेक समस्याबाट मुक्ति पाइने छ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
नयाँ तथा रमणीय स्थानको यात्रा हुने सम्भावना रहेको छ। स्वास्थ्य अनुकुल रहेको छ। साथीभाई तथा परिवारका साथमा मनोरन्जनात्मक समय व्यतित हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। समग्रमा मिथुन राशी हुनेहरुका लागि भोलीको दिन फलदायी रहेको छ।
कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )
अचानक स्वास्थ्यमा देखिएको समस्याले गर्दा कार्यमा ढिलासुस्ती देखिनेछ। पारिवारिक वातावरण सुखमय रहेको छ। शत्रु परास्त भएर जानेछ। नोकरी ब्यवास्यमा लाभ मिल्नेछ। अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिलनले मन प्रफुल्लित हुनेछ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
परिश्रम गरे अनुरुप कार्यमा सफलता नमिल्ने मनमा हताशा भाव पैदा हुनेछ। साहित्य लेखनको कार्यमा रुचि बढ्ने छ। बिद्यार्थीवर्गका लागि पढाई लेखाईमा प्रगति हुनेछ। स्वास्थ्य अनुकुल रहेको छ। धार्मिक एवम परोपकरी कार्यमा सहभागी हुने अवसर मिल्नेछ।
कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
मानसिक चिन्ताले सताउने छ। परिवारका बिचमा अनावश्यक झैँ झमेलाको वातावरण सिर्जना हुनेछ। आर्थिक कारोवारका लागि समय खासै उपयुक्त रहेको छैन। स्वास्थ्य सामान्य रहेको छ। सामजिक तथा सार्वजनिक क्षेत्रमा मानहानी हुने अधिक सम्भावना रहेकाले बिशेष सावधानी अपनाउनु पर्नेछ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
धार्मिक क्षेत्रको यात्रा हुन सक्ने सम्भावना रहेको छ। भाईबन्धुका साथमा आपसी साझेदारी बढ्ने छ। पारिवारिक वातावरण उल्लासमय रहनेछ। शुभ समाचार सुन्ने अवसर मिल्नेछ। विदेश यात्रा सुखद रहेको छ। आकस्मिक धनलाभ भएर जाने सम्भावना रहेको छ। नयाँ कार्यको थालनी गर्नका लागि भोलीको दिन तपाईका लागि अनुकुल रहेको छ।
वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु (Scorpio)
पारिवारिक असमझदारीका कारण अनावश्यक कलह हुने सम्भावना रहेको छ। मनमा नकारात्मक भावनाले डेरा जमाएर बस्नेछ। बिद्यार्थी वर्गका लागि समय खासै अनुकुल रहेको छैन। अनावश्यक क्षेत्रमा धन खर्च भएर जानेछ। शारीरिक तथा मानसिक अस्वस्थताको शिकार भइने छ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
आर्थिक लाभको सम्भावना रहेको छ। व्यापार व्यवसाय फस्टाएर जानेछ। धार्मिक यात्रा हुन् सक्ने सम्भावना रहेको छ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। समग्रमा धनु राशी हुनेका लागि भोलीको दिन शुभ फलदायी रहेको छ।
मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी (Capricorn)
अधिक परिश्रमका बाबजुत पनि कार्यमा सफलता कम मिल्नाले मानसिक चिन्ताले सताउने छ। पारिवारिक वातावरण क्लेश्मय रहनेछ। स्वास्थ्य सम्बन्धी अनेक समस्याले सताउने छ। सम्भावित दुर्घटनाबाट बच्नु पर्नेछ। धार्मिक ,सामाजिक एवम मांगलिक कार्यमा धन खर्च भएर जानेछ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
नया कार्यको थालनी गर्ने सु -अवसर मिल्नेछ। नोकरी व्यवसायको क्षेत्रमा उचित लाभ मिल्ने सम्भावना रहेको छ। आर्थिक लाभ भएर जानेछ। सामाजिक रुपमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। सन्तान सुख मिल्नेछ। वैवाहिक सम्बन्धमा सुमधुरता छाउने छ। लामो तथा छोटो दुरीको सुखद यात्राको सम्भावना रहेको छ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces)
कार्यमा सफलता पाउनका कडा परिश्रम गर्नु पर्नेछ। व्यापार व्यवसायका क्षेत्रमा लाभ मिल्नेछ। आय आर्जनमा वृद्धि भएर जानेछ। पारिवारिक माहोल सुखमय रहनेछ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ। समग्रमा मिन राशी हुनेका लागि भोलीको दिन शुभ फलदायी रहेको छ।