यी ३ चिज बाटोमा देखियो भने हुन ज्यादै शुभ !

काठमाडौं । ज्योतिषी शास्त्रीका अनुसार हामी घरबाट कुनै नयाँ काममा निस्कदा यी ३ चिज बाटामा देखिएमा शुभ हुने बताउछन् । तर कुनै टाढाको यात्रा वा नयाँ काममा निस्कदा यदि खाली पानी बोक्ने भाडो , खाली डोको र बिरालोले बाटो काटेमा अशुभ मानिन्छ । तर यी ३ चिज देखेमा अति शुभ ,,हेर्नुस् के के हुन् ?

पानी बोकेको महिला


यदि तपाई कुनै लामो यात्राम निस्कदा वा नयाँ काममा जादाँ बाटामा भाडा भरि पानी बोकेको महिला भेटेमा शुभ संकेत मानिन्छ । तर खाली भाडो देखेमा अशुभ मानिन्छ ।

गर्भवती महिला

यदि घरको मुलढोकाबाट लामो यात्रामा निस्कदा एक्कासी गर्भवती महिला देखेमा चिताएको काम पूरा हुने विश्वास रहेको छ ।

सोह्र श्रृंगारमा सजिएकी युवती


त्यस्तै लामो यात्राको लागी घरबाट निस्कदै गर्दा सोह्र श्रृगारले सजिएर बाटोमा हिडिरहेकी युवती भेटेमा पनि कार्य सफलताको संकेत हो । तर बाटोमा दुखी मानिसहरु भेटेमा सहयोग गरेमा शुभ हुनेछ ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७१४:५९

समुन्द्रशास्त्र: के तपाईको दाँत फट्टीएको छ ? जानिराखौ यी ८ कुरा!