तितो तीतेपातीको मिठो फाइदा : हेर्नुहोस् यसरी धेरै प्रयोजनको लागि तीतेपाती प्रयोग गर्न सकिन्छ

हाम्रै गाउँ-घर तिरका पाखा-पखेरामा पाइने तितेपातीको उपयोगिताको बारे अधिकांशलाई थाहा नहुन सक्छ। गाई-बस्तुका लागि स्याउला सोतरको रुपमा प्रयोग गरिने तितेपाती विशेष औषधीय गुणले भरिपुर्ण जडिबुटी हो।

तितेपातीसँग औषधीय गुण मात्र नभई धार्मिक मान्यता समेत जोडिएको छ। यसलाई घाउ-खटिरा, लुतो जस्ता छाला सम्बन्धि समस्याको निधानको लागि प्रयोग गर्न सकिन्छ।

यसका साथै कपालको चायाँ हटाउन, मधुमेह, पेट सम्बन्धि समस्या आदिका लागि समेत तितेपाती अति नै प्रभावकारी हुने गर्छ । तितेपातीलाई विभिन्न ठाउँ र परिवेश अनुसार आयुर्वेदिक औषधिको रुपमा परापुर्वकाल देखि प्रयोग गर्दै आइएको छ।

तितेपातिलाई कस्तो-कस्तो अवस्थामा प्रयोग गर्न सकिन्छ ? हेर्नुहोस् !

– शरीरका अनावश्यक दुषित किटाणुलाई नष्ट गर्न तितेपातिलाई प्रयोग गर्न सकिन्छ

-घाउ-खटिराको निधानको लागि पनि तितेपाति उपयोगी मानिन्छ

-यूरिक एसिड तथा ग्यास्ट्रिक भएकाहरुका लागि तितेपातिलाई  फाइदाजनक हुन्छ

-पेट सम्बन्धि समस्याहरु जस्तै जुका , चुर्नाका लागि समेत तितेपतिको सेवन गर्नु उपयोगी हुन्छ

-छाला सम्बन्धि समस्या भएका लागि पनि यसको झोल बनाएर लगाउन सकिन्छ

-बाथ, पित्त तथा दमका समस्या भएकाहरुका लागि पनि तितेपतिको उपयोगी हुन्छ

– गाईको गहुतमा तितेपातिको झोल बनाई अन्न बालीमा प्रयोग गर्नाले किटाणु नष्ट हुन्छ

प्रकाशित : बुधबार, जेठ २१, २०७७१७:०८

सुतेर बिहान उठ्ने बेलामा ध्यान दिनुहोस यी कुराहरु, जसले दिन्छ दिनभर स्फूर्ति