हातमा लगाएको मेहेन्दी हटाउने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस यी घरेलु उपायहरु

कुनै पर्व बिशेष , बिवाह तथा शुभ समयमा अधिकांश महिलाले हातमा मेहेन्दी लगाउन मन पराउछन्।  साउन महिना बिशेष रुपमा आजभोली महिलाहरुले हातमा मेहेन्दी लगाउने महिनाको रुपमा समेत लिने थालेका छन। मेहेन्दी लगाएको केहि समय देखिने गाढा रंगले हातको शोभा त बढाऊछ नै तर जब अलि पछि हुदै जान्छ तब मेहेंदिको रंग अर्कै भइदिन्छ र अजिब लाग्न थाल्छ।

कुनै समय यस्तो पनि आउछ कि जब पुरानो मेहेंदिको रंग मेटिएको हुदैन तब अर्को पटक मेहेन्दी लगाउने समय आइहाल्छ यदि यस्तो परिस्थिति आइपरेको खण्डमा के गर्ने त् भन्ने सोच्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने धेरै नसोच्नुहोस र यी घरेलु उपायहरु अपनाउनुहोस् जसले हातमा लगाएको पुरानो मेहेंदिलाई क्षणभरमा नै मेटाउन सहयोग गर्दछ। आउनुहोस

 निबुवा

हातमा लगाएको मेहेंदिको रंग मेटाउनका लागि गज्जबको उपाय हो निबुवा। निवुवामा ब्लिचिंग तत्व पाइने भएकाले यसलाई टुक्रा पारि मेहेन्दी लगाएको हात खुट्टामा बिस्तारै लगाउनाले मेहेन्दीको रंग छिट्टै हट्नमा मदत पुग्छ।

टूथपेस्‍ट

मेहेन्दी लगाएको स्थानमा दिनमा दुई पटक अलि अलि गरेर मेहेन्दी लगाउनाले पनि  मेहेन्दीको रंग हटाउन सकिन्छ।

निबुवा र बेकिंग सोडा

निबुवामा जस्तै बेकिंग सोडामा पनि ब्लीचिंगको गुण हुन्छ।  यसैले निबुवा र ब्लिचिंग सोडा बराबर मात्रामा मिलाई मेहेन्दी लगाएको हातखुट्टामा लगाई ५ मिनेटका लागि छोडिनु पर्छ। यसलाई राम्रो संग पखालिसकेपछी हात खुटा सुक्खा हुने सक्ने भएकाले मॉइश्चराइजर लगाउनु आवश्यक छ।

एन्टीब्याक्टेरियल साबुन

एन्टीब्याक्टेरियल साबुनले पटक पटक हात धुनाले मेहेंदिको रंग छिट्टै फिक्का हुन्छ।

हेयर कंडीशनर

कपाललाई नरम र आकर्षक बनाउनका साथै हेयर कन्डिसनरले हातमा लगाएको मेहेंदिको रंग मेटाउनमा समेत मदत गर्दछ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७१७:१५

ल्वाङ पानीको फाइदै-फाइदा : खालीपेटमा ल्वाङको पानी पिउँदा यी रोग देखि छुटकारा मिल्छ !