काठमाडौँ – नायिका रेखा थापाले रुकुमपश्चिम चौरजहारी नगरपालिका सोतीमा भएको घटनाको दोषी माथि कारवाही र पिडितलाई न्याय दिन माग गरेकी छन्।
सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै पश्चिम रुकुम घटनाको दोषी माथि कारवाही र पिडितलाई न्याय दिन माग गरेकी हुन्। साथै उनले घटनामा जोडीएकी किशोरिको अस्मिताको धज्जी उडाउने काम भएको भन्दै आपत्ति पनि जनाएकी छन्। समाज विरुद्ध अन्तर्जातिय प्रेम गर्ने सहास भएकी बालिका विरुद्ध अनर्गल प्रचार गरेर अन्याय गर्न नहुने उनको बुझाई छ।
उनले नेपालमा केटी मान्छेको बेइज्जत गरेर मात्र न्याय पाउने हो भन्दै प्रश्न पनि गरेकी छन्। छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट कसले दियो भन्ने पनि उनको प्रश्न छ।
“दोषिलाई कानुनी कार्वाही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बेइज्यत गरेर मात्र न्याय पाउने हो र ? छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ?”,नायिका थापाले फेसबुकमा लेखेकी छन्,”दोषी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हिं-सा र प्र-ताडना दिएको कारण ति किशोरि नदिमा हाम्फलेमा कस्ले जवाफ दिन्छ ? अन्तर्जातिय प्रेम गरेको सट्टा जसरी उस्को चरित्र ह-त्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ ।”