१९९० को दशकमा बालकलाकारको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेता कुणाल खेमूले बालकलाकारको रुपमा बलिउडमा डेब्यु गरेका हुन्। बलाकलाकारको रुपमा उनले अभिनय गरेको चलचित्रहरुमा ‘राजा हिन्दुस्तानी , हम हैं राही प्यार के, जख्म’ चर्चित एवम सफल चलचित्रहरु हुन्।
चलचित्र ‘जख्म’ मा अजयले निर्वाह गरेको अजय देवगणको भूमिकालाई सबैले रुचाएका थिए । यस्तै चलचित्र ‘राजा हिन्दुस्तानी ‘ मा पनि आमिर खानका साथमा कुणालको केमेस्ट्री खुबै जमेको थियो।
चलचित्र , टेली सिरियल हुदै वेब प्लेटफर्ममा समेत डेब्यु गरिसकेका कुणाल सामाजिक संजालमा पनि सक्रिय छन उनि बेलाबेलामा आफ्ना नयाँ खबरहरु सामाजिक सामाजिक संजालमा शेयर गरेर गर्ने गर्छन।
हालै मात्र कुणालले आफ्नो इंस्टाग्राम अकाउंट मार्फत बच्चपनको एक तस्बिर शेयर गरेका छन जुन तस्बिरलाई सामाजिक संजालमा अत्याधिक मात्रामा रुचाईएको छ। आफ्नो बच्चपनको तस्बिर शेयर गर्दै कुणालले क्याप्सनमा ‘हकुना मटाटा अर्थात् केहि मतलब छैन भन्दै लेखेका छन।
हालसालै मात्र कुणालद्वारा अभिनित चलचित्र कलंक प्रदर्शनमा आएको छजुन चलचित्रले बक्स अफिसमा खासै कमालको व्यापार गर्न नसके पनि उनको अभिनयको प्रसंशा चौतर्फी भएको थियो। उनका साथमा चलचित्रमा संजय दत्त , माधुरी दिक्षित , आलिया भट्ट , बरुण धवन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको थियो।
कलंक पश्चात खेमुको चलचित्रमा सक्रियता घट्दै गईरहेको छ। एक अन्तर्वार्तामा उनले आफुले अब चलचित्र छानेर मात्र काम गर्ने बताएका छन। व्यक्तिगत जीवनको कुरा गर्ने हो भने कुणालले सन् २०१५ मा मन्सुर अलि खानकी छोरी सोहा अलि खानका साथमा बिवाह गरेका हुन्। उनीहरुका अहिले एक छोरी पनि रहेका छन उनको नाम’ इनाया’ हो।