राती सुत्नेबेला किन राख्नु हुदैन भान्सामा जुठा भाडा: यस्ता केहि कुरा कहिले अपूरो नराख्नुस्

हामी बेलुका खाना खाएपछि चाहे जति नै अबेर भएपनि भान्साबाट जुठा भाडा माझेर नै निस्किने गर्छौ । कहिले काहीं घर परिवारका केहि पुराना सदस्यलाई हामी किन राती नै भाडा मोल्छौ भनेर सोध्यो भने अनेकौ कारण बताउने गर्नुहुन्छ । कहिले अन्नले सराप्ने तथा कहिले भगवान लक्ष्मी रिसाउने बताउने गर्छन । यस्ता केहि अन्य केहि कुराहरु छन् जुन अपुरो छोड्न तथा गर्नु हुदैन :

१. खाना खाएपछि भान्सा कोठा कहिले जुठो राख्नु हुन्न । माझ्न नसकेको खण्डमा जुठो भाडाहरूलाई हल्का पानीले पखालेर राख्नुस । जुठो भाडा राख्नले धन हानी हुने गर्छ तथा उक्त जुठो बसी खानाबाट आउने नराम्रो कुराहरुले हाम्रो वातावरणमा नराम्रो असर लाउन सक्छ ।

२. घरको अगाडी फोहोर राख्नु हुन्न, घर अगाडी फोहोर राख्नु भनेको शत्रुलाई आमन्त्रण गर्नु सरह हो ।

३. घरमा बनाईएको पुजा स्थल अथवा मन्दिरको ईशान कोणमा सधै कलशमा पानी भरेर राख्नुहोस । यसो गर्दा घरमा बस्ने मान्छेको लागि शुभ हुन्छ ।

४. सुर्य अस्ताउने समयमा कहिले पनि कसैलाई दुध,दही या प्याज दिनु हुन्न । यसो गर्नाले घरको सुख शान्ति र सम्पत्ति नष्ट हुन जान्छ ।

५. सुत्ने ओछ्यानमा बसेर खाना खादा घरमा अशान्ति निम्त्याउँछ ,साथ साथै ऋण लाग्दछ ।

६. राति सुत्नु अघि जहिले पनि घरको भान्सा कोठा र बाथरुममा एक बाल्टिन पानी भरेर राख्ने गर्नुहोस् । भान्सा कोठामा पानी भरेर राख्दा ऋणबाट मुक्ति मिल्दछ भने बाथरुममा पानी भरेर राख्दा जीवनमा उन्नतिको बाटोहरु खुल्दछन् ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१६:३४

श्रीकृष्णले युधिष्ठिरलाई घरमा यी ५ चिज छुटाउन नहुने सुजाव दिएका थिए ! के-के थिए त ५ चिज ?