मह मिलाएर खान जाने देखि स्वास्थ्यलाई धेरै राम्रो गर्छ तर तरिका नमिलाउने हो भने मह बिष समेत बन्ने हुन्छ। महको प्रयोगले विभिन्न रोगहरु सजिलै निको बनाउने गर्छ। महलाई आयुर्बेद उपचार पद्दतिको एक औषधिको रुपमा लिने गरिन्छ। मह एक रोगको लागि मात्र नभई विभिन्न रोगको उपचारमा काम आउने हुँदा महको महत्व छुट्टै रहेको छ। तर विभिन्न खाध्यान्नसँगै मिलाएमा भने विष बन्ने गर्छ। आज हामी तपाईलाई के-केसँग मिलाएर खाँदा महाले भन्ने कुराको जानकारी दिने छौं।
तातो पदार्थसँग
तातो खाध्य चिजसँग मह मिलाएर खानुलाई आयुर्वेदमा निषेध गरिएको छ। यदि तपाई मह तातोसँग मिलाएर खानु हुन्छ भने तपाईलाई पाचन सम्बन्धि समस्या हुन सक्छ। साथै तपाईको शरीरमा विभिन्न प्रकारका असर समेत देखाउने गर्छ। तातो पनिसँग पनि सकेसम्म मह गर्मि महिनामा नखानु होला।
चिया-कफीसँग
तपाईलाई लाग्न सक्ला कि चिया-कफीसँग मह मिलाएर खाँदा स्वादिष्ठ हुन्छ। तर मह आफैंमा गर्मि पैदा गर्ने तत्व हुनाले तपाईको शरिरिमा अत्याधिक गर्मि पैदा गर्छ अनि तपाईको शरीरलाई हानी पुर्याउने हुन्छ। यसो गर्नाले तपाईको शरीरमा स्ट्रेस बढ्न सक्छ भने तपाईको मानसिक रुपमा पनि तनाब बढाउने काम गर्छ।
मूलसँग
कहिले पनि मूलासँग तपाई मह मिलाएर नखानु होला। यदि मिलाउनु भएको खण्डमा तपाईको शरीरमा विषाक्त पदार्थको उत्पत्ति हुने गर्छ भने तपाईको शरीरको विभिन्न अंगलाई नराम्रो गरि असर गर्न सक्छ। सँगसँगै कहिले पनि मूल र मह नखानु होला। करिव एक घण्टाको फरकमा शेवन गर्नु होला।