“प्रधानमन्त्रीको अहङ्कारले देश डुब्यो, सरकारले कोरोनाबाट देशलाई पार लगाउने देखिएन” – गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकारक लापरवाहीकै कारण देशमा कोरोना भाइरस नियन्त्रण बाहिर जाने अवस्था आएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले कोरोना नियन्त्रण बाहिर जाने अवस्था प्रधानमन्त्रीको अहङ्कारका कारण आएको आरोप लगाएका हुन्।

“नियन्त्रणमा रहँदा-रहँदै पनि अहिले आएर यो अवस्था भएको छ। यो त्यसै भएको होइन। यसमा दोष कसको ? कानुनले रोकेको, ढुकुटीमा पैसा नभए हो, कांग्रेसले रोकेको, अदालतले रोकेको ? कसले रोकेको ? यो रोकेको केवल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहङ्कारले रोकेको हो।”,आरोप लगाउँदै उनले भने।

सरकारको असक्षमताकै कारण अहिले आएर यस्तो अवस्था भोग्नु परेको उनको बुझाई छ। कोरोना भाइरस विरुद्धको लडाईमा वर्तमान सरकारले देशलाई पार लगाउन नसक्ने आफ्नो पार्टीको निष्कर्ष रहेको पनि उनले सुनाए।

अब आफूहरु चुप लागेर नबस्ने उनको भनाई छ। सरकारले कोरोना भाइरस नियन्त्रणमा १० अरब खर्च गरेको प्रति पनि उनले प्रश्न उठाए। त्यस रकम खर्चको सरकारले एक-एक हिसाब देखान उनले सरकारसँग माग गरे।

यस्तै थापाले पिसिआर परीक्षणको दयारा बढाउन नसकेको प्रति पनि सरकारको आलोचना गरेका छन्। भारतबाट आएका नागरिकको स्वाब समेत संकलन रोकिएको र आरडीटि परीक्षणमा सरकार भर परेको भन्दै उनले विरोध जनाए।

संसदमा उठेका प्रश्नको उत्तर सम्बन्धित मन्त्री र प्रधानमन्त्रीसँग थापाले जवाफ पनि माग गरेका छन्। सरकारको पक्षबाट चित्त बुझ्दो जवाफ नपाए आफूहरु चुप नबस्ने उनले स्पष्ट पारे।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०६:११

“राष्ट्रघाती सरिता गिरीको सांसद पद खोसियोस्”