काठमाडौँ – भारतबाट आएका नेपाली नागरिक बोकेको टिपर कर्णाली नदीमा खसेको छ। बुधबार कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको हो।

नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

टिपरमा करिब ४० जना यात्रु रहेको हुन सक्ने अनुमान गरिएको छ। जस मध्ये ६ जनाको उद्धार गरिएको छ भने अन्यको खोजि कार्य जारी रहेको छ।
![]()
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उद्दारका लागि सुरक्षाकर्मीको टोली दुर्घटना स्थलतर्फ गइरहेको छ।

