सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु !

काठमाडौँ – बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृ-त्यु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृ-त्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका पाँच वर्षीय छोरा कृष्टलको मृ-त्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुबै जनाको मृ-त्यु भएको हो ।

यसैगरी कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९ वर्षीय भक्त खनालको मृ-त्यु भएको भने लम्कीचुहा नगरपालिका–८ गप्का सडकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक सोही नगरपालिका–९ प्रतापपुरमा स्थायी बसोबास भएका ४० वर्षीय टेकराज घिमिरेको मृ-त्यु भएको छ ।

त्यसैगरी सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा रोकर राखेको ट्याङ्करलाई अर्को ट्याङकरले ठक्कर दिँदा रोकिएको ट्याङ्करका चालक भारतीय नागरिकको ज्यान गएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गजरियामा बालुवा बोकेको ट्र्याक्टरले सोही गाउँपालिकाका रमेश शर्माको छोरी तीन वर्षीया सम्झना कुमारीलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृ-त्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको र सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : बुधबार, जेठ २८, २०७७११:१९

लकडाउनले युरोपमा ३० लाख भन्दा बढीको बचायो ज्यान !