पूजा गर्दा यी सामग्रीलाई झुक्किएर पनि नराख्नुहोस् खालि जमिनमा, आर्थिक संकटले घेर्न सक्ला !

धर्मशास्त्र अनुसार पूजाका हरेक सामग्रीहरु पवित्र मान्ने गरिन्छ र यसमा प्रयोग हुने कुनै पनि समान जमिन वा भुइँमा राख्न नहुने मान्यता रहेको छ। पूजामा प्रयोग हुने कुनै सामग्री जमिनमा राख्दा अशुभ हुने र ठूलो नोक्सान हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। आज हामी तपाईहरुलाई यी ५ चिजहरुको बारेमा बताउन जाँदै छौँ जुन जमिन वा भुइँमा राख्दा जीवनमा सुख र शान्तिको कमि हुँदै आर्थिक संकट समेत बढ्दै जाने मान्यता रहेको छ।

दियो : हामी सबैलाई थाहानै छ कि हरेक घरमा जुनसुकै भगवानको पूजामा दियो बाल्ने गरिन्छ। केही घरमा माटोको दियो बालिन्छ भने केहीमा पितलको दियो प्रयोग गर्ने गरिन्छ। यदि तपाईले पूजाको समयमा वा अन्य समयमा दियो भुइँमा राख्नु भएमा जीवनमा ठूलो आर्थिक नोक्सानको सामना गर्नुपर्ने हुन्छ।

घरमा प्रयोग गरिने शिवलिङ्ग: धेरै घरहरुमा शिवलिङ्ग राखेर पूजा गर्ने गरिन्छ। यदि तपाईले शिवलिङ्ग सफा गर्नका लागि समेत जमिन वा भुइँमा राख्ने गर्नुभयो भने यो धेरै अशुभ रहने गर्छ। यसो गर्दा तपाईको जीवनमा धेरै कुराहरु नोक्सान भएर जानेछन। शिवलिङ्ग जमिनमा राख्दा यसमा भएको शक्ति समेत हराएर जाने कुरा शास्त्रमा उल्लेख गरिएको छ।

शालीग्राम: शालिग्रामलाई भगवान बिष्णुको प्रतिक मान्ने गरिन्छ। सामान्यतय यसलाई तुलसीको साथमा राखिएको हुन्छ। यदि तपाईको घरमा पनि शालिग्राम छ भने यसलाई झुक्केर पनि जमिन वा भुइँमा नराख्नुहोस्। बिष्णुको प्रतिक मानिएको कारण यसलाई भुइँमा राख्दा भगवानको अपमान गरेको मानिने र धेरै अशुभ हुने मान्यता रहेको छ। यस्तो गर्दा तपाईको सौभाग्य कम हुने र दुर्भाग्य बन्दै जानेछ।

जनाई : हरेक घरमा श्राद्ध वा पूजामा जनाई को प्रयोग गर्ने गरिन्छ भने ब्राम्हणहरुले शरिरमा लगाएर हिँड्ने गर्छन। जनाई, एक पवित्र धागो समेत मानिने भएकाले यसलाई जमिन वा भुइँमा राख्द अशुभ हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। यसलाई भुइँमा राख्ने वा हेला गर्ने गरेमा तपाईको जीवन ठूलो विपन्नता तिर धकेलिने मान्यता रहेको छ।

शंख : शंख पनि पूजामा प्रयोग हुने एक पवित्र सामग्री हो। यसलाई जस्तो अवस्थामा राखे पनि सेतो , रातो वा पहेंलो कपडा माथि राख्न आवश्यक हुन्छ। अन्यथा तपाईले जीवनमा सुख ,शान्ति र सफलता प्राप्त गर्न सक्नुहुन्न।

प्रकाशित : बुधबार, जेठ २८, २०७७१२:५०

बिष्णुको अवतार कछुवाको प्रतिक घरमा राख्दा हुन्छ फाइदा नै फाइदा !