नुनसँगै खानुस् काँचो आँप, यस्ता समस्या देखि मिल्नेछ छुटकारा ! [तरिका सहित]

पाकेको आँपमा मात्र काँचो आँपमा पनि औषधीय गुण हुन्छन् । काँचो र पाकेको दुवै आँपमा औषधीय गुण हुने भएकै कारण यसलाई आयुर्वेदमा पनि महत्व दिइएको छ। आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै औषधी हुन्।

पाकेको जस्तै काँचो आँप पनि स्वास्थ्यको हिसाबले धेरै फाइदाजनक हुन्छ। काँचो आँपमा विटामिन(ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर प्रसस्त मात्रामा पाइने हुँदा यसले स्वास्थ्यमा धेरै राम्रो फाइदा पुर्याउने स्वास्थ्य विज्ञहरु बताउँछन्।

के-कस्ता हुन्छन् काँचो आँप खानुका फाइदा ?

पाचन समस्या

एसिडिटी वा अपच जस्ता पाचन सम्बन्धि समस्यामा काँचो आँप फाइदा जनक हुन्छ। साथै कब्जियत जस्ता पाचन सम्बन्धि समस्यामा पनि काँचो आँप फाइदाजनक हुने बताईन्छ। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिलाउँछ। काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता पनि बढाउँछ।

शुगर

शरीरमा शुगरको मात्र कम गर्न काँचो आँप धेरै फाइदाजनक हुन्छ। काँचो आँपमा विटामिन(सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरिरमा रक्तसञ्चार राम्रोसँग हुन्छ । काँचो आँपले आयरनको कमी पनि पूर्ति गर्न विज्ञहरु बताउँछन्। यस्तै काँचो आँपमा भरपूर मात्रामा हुने फाइबरले शरिरमा शरीर जमेर बसेको चिल्लोलाई घटाई तौल कम गर्न मद्दत गर्छ ।

पसिना समस्या

गर्मी महिनामा पसिना आउनु सामान्य नै हो। तर केहि व्यक्तिहरुमा भने अलि बढी नै पसिना आउँछ। यस व्यक्तिहरुको लागि काँचो आँप धेरैलाई लाभप्रद हुन सक्छ।

कसरी खाने ?

काँचो आँप आफूलाई मन पर्ने तरिकाले जसरी पनि खान सकिन्छ। सामान्य नुन अथवा बिरेनुन छरेर खाँदा काँचो आँपको स्वाद अझ बढी आउन सकिन्छ। स्वादको लागि काँचो आँपमा मसाला पनि मिलाउन सकिन्छ। साथै काँचो आँपको अचार बनाएर पनि खान सकिन्छ।

काँचो आँपको बेफाइदा: कसले नखाने ?

काँचो आँप ठीक्क खाँदा राम्रो हुन्छ। धेरै खाने हो भने काँचो आँपले अनेक बेफाइदा पुर्याउँछ। सुत्नु भन्दा अगाडी काँचो आँप नखाएकै राम्रो हुन्छ। अत्यधिक काँचो आँप खाँदा जलन, बान्ता, अपच, पेट दुख्ने जस्ता समस्याहरू हुन सक्छन्। काँचो आँप खान्नु अघि, गर्भवती महिलाहरूले कति खाने भनेर डाक्टरसँग परामर्श लिनु राम्रो हुन्छ।

प्रकाशित : शुक्रबार, जेठ ३०, २०७७०८:४३

स्वास्थ्यविद् भन्छन् – ‘आन्दोलनको स्वरूप नफेरिए नेपालमा कोरोना नियन्त्रण बाहिर जान्छ’