नेपालमा आन्दोलन, भारतमा खुसियाली: नेपालको नक्साले हावा खायो भन्दै गरे प्रचारवाजी !

काठमाडौँ – ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ मा राष्ट्रिय एकता कायम भएको छ। शुक्रबार जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेसँगै संंशोधन विधेयक सर्वसम्वत पारित हुने सम्भावना बढेको छ।

नेपालमा विधयेकलाई लिएर राष्ट्रिय सहमति जुटिरहेका बेला भारतमा भने अनेक प्रचारवाजी शुरु भएको छ। केहि दिन देखि देशैभर सरकार विरुद्ध भइरहेको आन्दोलनलाई भारतीय मिडियाहरुले नयाँ नक्साको नेपालमै विरोध भन्दै प्रचार गरेका छन्। नेपालमा स्वतन्त्र रुपमा भइरहेको प्रदर्शनलाई भारतीय मिडियाहरुले महत्वका साथ प्रशारण गरिरहेका छन्।

भारतीय मिडियाहरुले प्रदर्शनमा भिडियो क्लिपहरुलाई नेपालको सरकार सङ्कटमा, ओली सरकार ढल्ने खतरा भन्दै पनि प्रचार गरेको पाइएको छ। यस्तै भारतका अनलाइन मिडियाहरुले पनि नक्सा र भइरहेको आन्दोलनलाई जोडेर समाचार सम्प्रेषण गरेका छन्।

भारतीय संचार माध्यमहरुले नेपाल सरकारले अन्तरिक विद्रोहलाई दबाउन नेपाल सरकारले नयाँ नक्सा निकालेको आरोप लगाएका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा विरुद्ध अहिले सम्मकै ठूलो जनविद्रोह भइरहेको भएपनि नक्साले ढाक-छोप गर्न खोजेको भारतीय मिडियाको आरोप छ।

यस्तै भारतको चर्चित मिडिया ‘आजतक’ को अनलाइन संस्करणले नेपालको ‘नक्शा’ बाजीले हावा खाएको भनेर समाचार सम्प्रेषण गरेको छ। सरकारले नेपाल भारत सीमा सम्बन्धिका प्रमाण सङ्कलनका लागि विज्ञ समूह गठन गरेको विषयलाई जोडेर बिना प्रमाण कालापानी-लिपुलेक नेपालको रहेको दावी गरिएको र केपी ओलीको नक्सा-बाजीले हावा खाएको उसको दावी छ।

केपी ओली सरकारले आफ्नो असफलता, आन्तरिक कलह र डगमगाएको शक्ति जोगाउन नक्सा फण्डा निकालेको भन्दै समाचारमा उल्लेख गरेको छ।

प्रकाशित : शुक्रबार, जेठ ३०, २०७७१५:३४

जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए !