बच्चा जन्मेपछि बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व पुर्याउनु जरुरी छ । यस समयमा बच्चाको बिकास छिट्टो हुने भएकाले बच्चालाई धेरै मात्रामा पौष्टिक आहाराको जरुरी हुन्छ । तर कति उमेरको बच्चालाई कस्ता खानेकुरा खुवाउनु पर्छ भन्ने कुरा पनि जान्नुपर्छ । यसका साथै उमेर अनुसार कस्तो खानेकुरा खुवाउन हुदैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । भक्खर जन्मिएको बच्चालाई आमाकोदुध बाहेक अरु केहि खुवाउन हुदैन । बच्चालाई सबैभन्दा बडी पौष्टिक आहारा आमाको दुधबाट मिल्ने गर्छ । उमेर बढ्दै जाँदा खानाको खुराक पनि बडाउदै लानुपर्छ ।
कति उमेरको बच्चालाई कस्ता खानेकुरा खुवाउने उपायहरु यस्ता छन् :
१) पहिलो ६ महिना बच्चलाई आमाको दूध नै खुवाउनुपर्छ ।
२) ६ महिनापछि उमालेपछि चिसो भएको पानी चम्चाले पियाउनुपर्छ । त्यसपछि सानो गिलासले पियाउने हो ।
३) बच्चालाई बोतलबाट सकेसम्म दूध वा पानी नपियाउनुस् ।
४) ६ महिनापछि बिस्तारै बच्चाको आहारमा सामान्य कुराहरू समावेश गर्दै जानुस् ।
५) घरैमा बनेका दाल, खीर अलिअलि गरेर खुवाउँदै जानुस् ।
६) ६ महिनादेखि बच्चालाई केरा दूधसँग मुछेर खुवाउनुस् । बिस्तारै स्याउ, मेवा, आँप जस्ता फल पनि बच्चालाई खुवाउनुस् ।
८) सात महिनाको बच्चालाई राम्ररी पकाइएका तरकारीहरू पिँधेर मसिनो बनाई खुवाउनुस् ।
९) आठ महिनादेखि दाल वा खिचडी मज्जाले पकाएर अनि पिँधेर खुवाउनुस् ।
१०) नौ महिनाको बच्चालाई गाई वा भैंसीको दूध पिउन दिनुस् ।
११) एक वर्षपछि बच्चालाई सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।