जैतुनको तेलमा ओमेगा ३ फ्याटी एसिडहरू हुन्छन् जुन मुटुका बिरामीहरूका लागि औषधिको रुपमा काम गर्छ। यसले धमनीहरूमा कोलेस्ट्रोल जम्मा गर्न रोक्छ, जसको कारण हृदयघात, रगत जमाउने जस्ता समस्याहरुबाट मुक्ति दिलाउछ।थप विटामिन पनि प्राप्त गराउछ जुन अनुहारको सुन्दरताका लागि पनि विशेष लाभकारी हुन्छ।
जोर्नीको दुखाइमा पीडादायी हुनुका साथै यो शरीरको दुखाइको समस्याबाट पनि मुक्ति दिलाउछ। यी फाइदाहरु थाहा पाइसके पछि , तपाई पनि जैतुनको तेल कुनै न कुनै रूपमा प्रयोग गर्नुहुन्छ होला।
तर धेरै मानिसहरूले यसलाई रोप्न वा पकाउनको लागि प्रयोग गर्छन्। धेरै कम मानिसहरूलाई मात्र थाहा हुन्छ कि यो पिउनुका लागि पनि धेरै फाइदाजनक हुन्छ। आज हामी तपाईहरुलाई बिहान खाली पेटमा जैतुनको तेल पिउनुको केही फाइदाहरू बताउँदैछौं। यसलाई एकचोटि प्रयास गर्नुहोस् किनकि यसको फाइदा देखेर तपाई पनि आश्चर्य चकित पर्नु हुनेछ।
प्रयोगको विधि
बिहान खाली पेटमा दैनिक एक चम्मच जैतुनको तेल पिउनुहोस्। तपाई चाहानुहुन्छ भने यसलाई कागति पानी वा बिहानको चियामा पनि प्रयोग गर्न सक्नुहुन्छ।
कब्जियत र क्यान्सरबाट मुक्त
यसले क्यान्सरबाट बचाउने टिश्यूहरूको क्षय रोक्दछ, जसले शरीरलाई क्यान्सरबाट बचाउँन मदत गर्दछ । यस बाहेक, नियमित प्रयोगबाट कब्जियतको समस्याबाट पनि मुक्ति पाउनु हुनेछ।
छाला र कपालको समस्याबाट छुटकारा
जैतूनको तेलले छालालाई सुन्दर बनाउनुका साथ नङ र कपालको लागि उपयोगी हुन्छ। यस तरिकाले बिहान जैतुनको तेल पिउँदा छालाको सुख्खा हटाउछ र छाला चम्किलो बनाउछ। साथै सुख्खा कपाल अथवा कपालको बढ्दो समस्या र नङ टुक्रिने समस्याको पनि अन्त्य गर्दछ।
छाला, कपाल वा नङहरूमा जैतूनको तेल लगाई मसाज गर्दा पनि यी समस्याहरुको समाधान हुन्छ तर यसरी पिउँदा यसले यी सबै समस्याहरूलाई एकै साथ समाधान गर्ने हुनाले मसाज गर्नु भन्दा पिउनु नै प्रभावकारी मानिन्छ।
रोग प्रतिरोधात्मक क्षमताको वृद्धि
यसको फ्याटी एसिडले तपाईलाई बारम्बार भोक लागि रहने समस्याबाट पनि मुक्ति दिलाउछ। जैतुन तेलको प्रगोगबाट शारीरिक तौलमा अत्यन्त प्रभावकारी हुन्छ। यस बाहेक, यसका फ्याटी एसिडहरूले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँदछ। चिसो-खोकी, ज्वरो जस्ता रोगहरुबाट बच्न पनि धेरै फाइदाजनक छ। प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिका लागि पनि निकै फाइदाजनक सावित हुन्छ।
सुन्निने समस्याबाट मुक्ति
चिसो आदिका कारणले शरीर सुन्निने कम गर्न यसले औषधीको रूपमा काम गर्दछ। अनुसन्धानले देखाएको छ कि दिनको ३ देखि ४ चम्मच जैतुनको तेल पिउनु शरीरको दुखाइमा १०% आईबुप्रोफेन डोजको रूपमा काम गर्छ। तर आईबुप्रोफेनको तुलनामा, जैतूनको तेल नियमित प्रयोग गर्दा पनि कुनै साइड इफेक्ट हुदैन।
मुटु बिरामीहरूका लागि
यसले तपाईको शरीरमा टीडीएल (खराब कोलेष्ट्रोल) घटाएर एचडीएल (राम्रो कोलेष्ट्रोल) बढाउँदछ। तसर्थ, यदि तपाईको नियमित रुपमा मक्खन खाने बानी छ भने, मक्खनको सट्टामा जैतुनको तेल एक विकल्पको रूपमा प्रयोग गर्न सक्नुहुन्छ।
स्मरण शक्ति बढाउँनुका साथै तनावबाट मुक्ति
यसले रगतमा अक्सिजनको प्रवाह बढाउँदछ। जसको कारण डिप्रेसन र तनावबाट मुक्त दिलाउछ। यसले स्मरण शक्ति पनि बधाउन मदत गर्दछ।