काठमाडौँ – इन्डियन कंग्रेसका वरिष्ठ नेता अभिषेक मनु सिंघवीले विवादित प्रतिक्रिया दिएका छन्।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ संशोधन प्रस्ताव पारित भएको विषयमा टिप्पणी गर्दै सिंघवीले विवादित प्रतिक्रिया दिएका हुन्।
भारत विरुद्ध लागेर र चीन नजिक भएर ओलीले नेपाललाई विनाशको बाटोमा लैजाँदै गरेको उनले आरोप लगाएका छन्। ओलीले नेपाललाई चीनको राज्य बनाउन खोजेको उनको टिप्पणी छ।
यस्तै उनले नेपाललाई चीनको ‘कठपुतली’ बनाउन खोजेको पनि आरोप लगाएका छन्। नेपालमा विकास भइरहेको द्वन्द्वपूर्ण भारत विरोधी भावना नेपाल विनाशको बाटोमा रहेको एक उदाहरण रहेको उनको बुझाई छ।
यस्तै उनले अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता बारे पनि विवादित टिप्पणी गरेका छन्। मुखमा आइसकेको अमेरिकी सहायता विरुद्ध संकीर्णता उत्पन्न हुनु पनि नेपाल चीनको ‘कठपुतली’ बन्न लागेको एक उदाहरण रहेको उनको टिप्पणी छ।
“ओली नेपाललाई चीनको ‘कठपुतली’ बनाउने बाटोमा छन्। द्वन्द्वपूर्ण भारत विरोधी हठ र अमेरिकी सहायता र मुखमा आइसकेको अनुदान विरुद्धको संकीर्णता यसका वुई उदाहरण हुन्”,ट्वीटरमा उनले लेखेका छन्।
नेपालको संसदले संविधान संशोधन पारित गरेसँगै भारतमा अनेक टिका-टिप्पणी शुरु गएको छ। भारतका विभिन्न नेताहरुले नेपालको कदममा चीनको भूमिका रहेको आरोप लगाउँदै आएका छन्। नेपालको अन्तरिक मामलामा समेत भारतीय नेताहरुको विवादित टिप्पणी रहने गरेको छ।
#Nepal’s Oli does not realise he is hurtling #Nepal on path to self destruction by making it vassal state of #China and becoming latter’s puppet. Its confrontational anti India stance and its anti #USA pettiness, looking US aid and a gift horse in the mouth, are two examples.
— Abhishek Singhvi (@DrAMSinghvi) June 15, 2020

