क्यान्सरका कारण गुम्यो खुट्टा, गुमेन आत्मबल: फलाम पिटेरै पाल्दैछन् परिवार !

काठमाडौँ – दैलेख स्थित ठाटीकाँध गाउँपालिका–१का रणबहादुर विक उमेरले ६० वर्ष पुगिसके। तैपनि उनले फलाम पिट्ने छाडेका छैनन्।

क्यान्सर रोगकाका कारण एक खुट्टा गुमाएपनि उनी रातो आगोको राप सँगै फलाम पिटिरहेका छन्। मात्र एक खुट्टाको सहारामा उनी जीवनको संघर्षलाई अगाडी बढाइरहेका छन्।

गाउँघरमा प्रयोग हुने हँसिया कुटो कोदाली,फाली बनाएरै उनको दिन बित्छ। बिहान उठे देखि बेलुका सुत्ने बेला सम्म उनको सङ्घर्ष जारी रहन्छ। दुई खुट्टा हुँदै जस्तो काम गर्न उनलाई सहज भने छैन। तर, नियतिले उनी काम गर्ने पनि अवस्थामा छन्।

पुर्खादेखि नै उनको पेशा आरन हो । जीवन नै आरनमा गुजारेका उनले १ सय भन्दा बढी घरबाट अन्न ज्याला ल्याएर जहान परिवार पाल्दै आएका छन् । काम गरेवापत उनी अन्न बालि लिन्छन् ।

एक सिजनमा फलामका औजार बनाए वापत उनी पाँच पाथीसम्म गहुँ धान र एक डोको सम्म मकै लिने गरेको उनी बताउँछन्। अन्न बालिमा आरनको काम गरेरै उनले आठ जनाको परिवार पालेका छन्।

विपन्न र गरिबलाई अनुदान आउने कुरा उनले सुनेका छन्। तर, पाएका भने छैनन्। चुनावमा नेताले आश्वासन मात्र दिने गरेको उनको दुखेसो छ। नेताहरुले आफन्त र कार्यकर्तालाई मात्र सहयोग गर्ने विपन्नलाई नहेर्ने उनी बताउँछन्।

विपन्न त्यस माथि एक खुट्टा गुमाउनुको पिडा, दुवै सहेर उनले संघर्ष गरिरहेका छन्। सकुन्जेल आफ्नै पहुरा बजारेर खाने उनको प्रण छ।

प्रकाशित : सोमबार, असार ०१, २०७७११:२५

बाबुआमा नभएका टुहुरा बालबालिकालाई भत्ता, हरेक महिना २ हजार रुपैँया !