तौल घटाउनुछ ? त्यसो भए दही र चामल यसरी प्रयोग गर्नुस् ! [अचूक उपाय]

सायद कहिले-काहीं तपाइको घरमा तपाइको आमा-बुबाले चामल मिसाएर खानाले मोटाइन्छ भन्ने गर्नुहुन्छ होला। हो चामलले मोटाउन मदत गर्छ। तर कुनै अवस्थामा दही चामल खानाले तौल बढ्ने होइन घट्ने गर्छ। यहाँ हामी तपाईलाई कसरी दही-चामल मिसाएर खानाले आफ्नो मोटो पेटको समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कुराको जानकारी गराउदै छौं। यो बाहेक चामलमा दही मिसाएर खानाले तपाई हाम्रो स्वास्थको लागी धेरै फाइदाजनक हुन्छ। दही चामल मिसाएर खानाले के फाइदा हुन्छ हेर्नुहोस्।

 मोटो पेटबाट छुटकारा मिल्छ

चामललाई उमाल्नुहोस र यसको माड निकाल्नुहोस्। अब यो चामलमा दही मिसाएर खानुहोस। यसैगरी एक महिनासम्म नियमीत खानाले मोटोपनलाई घटाउन मद्दत गर्छ। यदि तपाई पनी आफ्नो भारी तौलदेखि हैरान हुनुहुन्छ? हुनुहुन्छ भने आजै देखि दही चामल मिसाएर खानुहोस्। यसमा क्यालोरी कम हुन्छ।

ज्वरोका लागी प्रभावकारी

यदि तपाईलाई भारी ज्वरो आएको छ भने चामलमा दहि मिसाएर खानुहोस्। धेरैजसो मानिसलाई ज्वोरो आएको समयमा खाना खान मन नलाग्ने कमजोरी हुने गर्दछ। त्यसैले दही चामल खानाले भोक मेटाउनुका साथै शरीरमा शक्ति मिल्छ। दहीले इम्युनिटी पॉवर बढाउछ।

 पेट खराब छ

यदि पेट खराब छ भने दहि-चामल खानाले पेटको खराबीलाई निको गर्दिन्छ। यसले भोक कम गर्नुका साथै राम्रोसंग खाना पचाउछ।  यसलाई खाएर  बिस्तारै आराम महशुस गर्न सक्नु हुन्छ ।

कब्जियतबाट राहत

यदि कब्जियतको समस्या छ भने केही दिन दही र चामल खानुहोस् यो समस्याबाट छुटकारा पाउनु हुन्छ। दहीमा अधीक मात्रामा गुड जीवाणुहरु पाइन्छ। दहीले पाचन प्रक्रियालाई सहि गरी दिसालाई नरम बनाउछ। यसले तपाइको पेट दुखाइलाई पनि कम गर्छ। यसो गर्नाले कब्जियतको समस्यालाई हटाउन सकिन्छ ।

तनावबाट आराम 

 तपाईं यो जानेर चकित हुनुहुनेछ कि दही र चामलले तनावलाई मुक्त गर्न मद्दत गर्दछ। प्रोबायोटिक बैक्टीरिया, एंटी-ऑक्सीडेंट र चिल्लो पदार्थ पाइने भएको कारण, यसले मूड फ्रेस कायम राख्न मद्दत गर्दछ।

प्रकाशित : सोमबार, असार ०१, २०७७१५:०५

के हो त सुतेकै समयमा मृत्यु हुने खतरनाक रोग ? कसरी हुन्छ त सुतेकै समयमा मृत्यु !