काठमाडौँ – जनस्तरबाट उठेको मागलाई सम्बोधन गर्दै सरकारले लकडाउनलाई खुकुलो बनाएको छ। तर, देशमा कोरोना संक्रमितको संख्या भने दिनानुदिन बढ्ने क्रममा छ। पहिल्ला केहि दिन देखि नेपालमा दैनिक ५ सय हाराहारीमा कोरोना संक्रमित थपिरहेका छन्।
कोरोना संक्रमित बढिरहेको अवस्थालाई मध्य नजर गर्दै सरकारले पुनः लकडाउन गर्न सकने सरकारी उच्च स्रोतले जनाएको छ। असार मसान्तभित्र लक डाउन पुनः सुचारु हुन सक्ने सम्भावना छ।
असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलन गर्नका लागि लकडाउन खुकुलो बनाएको र असार मसान्त पश्चात कोरोना संक्रमणको अवस्था हेरेर पुनः लकडाउन हुन सक्ने अनुमान गरिएको छ।
पर्याप्त राजश्व संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल परिरहेको छ। सरकारलाई राजश्व संकलन गर्न दबाब परिरहेकाले लकडाउन खुकुलो बनाइएको हो । असार मसान्तसम्म अर्थतन्त्र ले एउटा मार्ग समात्ने भएकोले लकडाउन पुनः सुचारु गर्ने सरकारी उच्चस्रोतको भनाइ छ ।
हुन त सरकारले अहिलेनै २ सय भन्दा बढी सक्रिय संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सक्छ । कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड, २०७७ मा २ सयभन्दा बढी सक्रिय संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सक्ने व्यवस्था छ।