सुशान्तलाई थिएन कुनै पनि आर्थिक समस्या, थियो यति सम्पत्ति !

एजेन्सी – बलिउड अभिनेता सुशान्तसिंह राजपुत अप्रत्यासित अवसान पश्चात अनेक टिका-टिप्पणी भइरहेका छन्। बलिउड भित्र परिवारवादको राजनीतिका कारण सुशान्तको अवसान भएको बताइन्छ।

उनको अवसान भएको चार दिन बितिसक्दा उनको मृत्यु बारे अनेक अड्कलवाजी चलिरहेका छन्। उनले आफ्नै ज्यान किन लिए भन्ने बारे विभिन्न अनुमानहरु बाहिर आएका छन्।

आर्थिक समस्या, डिप्रेशन देखि विभिन्न कारणहरुलाई उनको मृत्युसँग जोडेर हेरिएको छ। केहिले सुशान्त केहि समय देखि आर्थिक समस्यासँग जुधिरहेको भनेर पनि हल्ला फिँजाएक छन्। तर, वास्तविकतामा भने त्यस्तो देखिएको छैन।

सुशान्तका नजिकका साथीहरुका अनुसार उनी कुनै पनि तरिकाले आर्थिक समस्यामा थिएनन्। सुशान्तका एक नजिकका साथीले आर्थिक समस्या परेको कुरा अफवाह भएको बताएका छन्।

हरेक फिल्मको लागि सुशान्त ८ करोड भारूसम्म नगद लिने गरेका उनी आर्थिक रुपमा बलियो अवस्थामा रहेको सुशान्तका एक नजिकका साथी बताउँछन्। उनका अनुसार सुशान्तको हातमा विभिन्न चलचित्रहरुको कन्ट्याक्ट थियो। उनी अर्को वर्षको मध्यसम्मका लागि व्यस्त रहेको नाम नखुलाउने सर्तमा सुशान्तका एक साथिले बताएको भारतीय संचार माध्यमहरुको दावी छ।

बताइएअनुसार, सुशान्तको कुल सम्पत्ति करिब ६० करोड भारतीय रूपैयाँ बराबरको थियो। चलचित्र मात्र नभई विज्ञापनबाट पनि उनी कमाई गरिरहेका थिए। बलिउड सेलिब्रेटीहरू जस्तै उनी मुम्बईको पोश क्षेत्रको बान्द्रामा रहेको एउटा विलासी घरमा बस्थे। उनलाई धेरै कार र बाइक पनि मन पर्थ्यो, त्यसकारण उनीसँग धेरै गाडीहरू थिए।

उनीसँग मासेराटी क्वार्टरपोर्ट, ल्याण्ड रोभर, रेन्ज रोभर एसयूवी, बीएमडब्ल्यूका मोटरसाइकल समेत थिए। यति धेरै सम्पती भएका उनलाई आर्थिक समस्या थियो भन्नु गलत हुन जाने धेरैको तर्क छ।

प्रकाशित : बिहिबार, असार ०४, २०७७१०:०२

सुशान्त सम्झिएर भावुक भइन् श्रद्धा: लेखिन् – ‘साँचै ऊ एक मात्र थियो’