के तपाईको पाद धेरैनै गनाउँछ? यस्तो हुन सक्छ कारण ! [थाहा पाइराख्नुस्]

पेट फुल्नु अथवा पाद आउनु, यी चीज सबैलाई हुने प्राकृतिक कुरा हो, तर पनि यस चिजले सबैलाई अप्ठ्यारोमा पार्ने गर्दछ। कल्पना गर्नुहोस् कि ‘तपाई कुनै व्यक्तिसंग पहिलो पटक भेट्दै हुनुहुन्छ र तपाई आफ्नो पादलाई नियन्त्रण गर्न सक्नुहुन्न’। यो निकै लाजमर्दो हुन सक्छ, विशेष गरि जब धेरै नराम्रो गन्ध पनि आउँन थाल्छ।

केहि हदसम्म गन्ध आउनु सामान्य हो; तर यदि पादबाट निकै गन्ध आउछ भने, यो फोहोर जीवनशैली, बानी वा रोगहरुको लक्षण हुन सक्छ।

दुग्ध उत्पादनहरुको अधिक सेवन


यसलाई ‘लेक्टोज इनटोलेरेन्स’ पनि भनिन्छ। यसबाट प्रभावित व्यक्तिले दुग्ध उत्पादनहरुको सेवन गर्दछ भने उनका पाचनको सामान्य प्रक्रिया निकै प्रभावित हुने गर्दछ। जसको कारण पाद निकै गन्हाउँने गर्दछ।

अधिक प्रोटीन भएको खानेकुरा 

जब तपाई उच्च प्रोटीन भएको खाने कुरा खानुहुन्छ, तब सबै पदार्थ आन्द्राले पचाउँन सक्दैन। जसका कारण केही कुरा आन्द्रामा बाँकी नै रहन्छ, र जसको कारण पादबाट नराम्रो गन्ध आउँने गर्दछ।

‘क्रूसिफेरस’ तरकारीहरू (जस्तै काउली आदि)

मानिसको शरीरमा ‘क्रुसीफेरस’ तरकारी जस्तै काउली, बन्दागोभी आदि कुरामा पाइने ‘राफिनोज’ लाइ मचाउने एन्जाइम हुदैन। त्यसैले जब तपाई यी कुराहरुको अधिक मात्रामा प्रयोग गर्नुहुन्छ, तब पाचन प्रणालीमा समस्या आउने गर्दछ। र यसले पादलाई दुर्गन्धित बनाउँदछ।

‘ग्लूटेन’को असहनीयता

प्रोटीनको समूहलाई ‘ग्लूटेन’ भनिन्छ। ग्लूटेन, गहुँका केहि पदार्थहरुमा पाइन्छ। यदि तपाईलाई ग्लूटेनबाट एलर्जी छ भने, तपाईको पाचन क्षमता ढिलो हुने गर्दछ। जसको कारण पादबाट नराम्रो गन्ध आउँने गर्दछ।

‘इरिटिएबल बोवेल सिन्ड्रोम’

‘इरिटिएबल बोवेल सिन्ड्रोम’ पाचन प्रणालीमा हुने एक प्रकारको रोग हो, जुन आन्द्रा सुन्निनुको कारण हुने गर्दछ। र पाद गनाउँनु ‘इरिटेबल बोवेल सिन्ड्रोम’को एक लक्षण हो। त्यसैले कहिले काहिँ पाद निकै गन्हाउँछ भने सिकित्सक कहाँ गएर सल्लाह लिनु पर्दछ।

जिममा प्रयोग गर्ने औषधि

यदि तपाई जिम जानुहुन्छ र शरीर बलियो बनाउन केहि औषधिहरुको प्रयोग गर्नुहुन्छ भने, तपाईको पनि पाद गन्हाउँन सक्छ। किनकि जिममा प्रयोग गर्ने औषधिमा ‘प्रोटिन’को मात्रा निकै धेरै हुने गर्दछ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७१६:१७

जिब्रोमा चम्चा राखेर थाहा पाउनुहोस्, कतै तपाईलाई गम्भीर रोग त लागेको छैन ?