चीन र भारतबीच भइरहेको ‘लफडा’ बारे पहिलो पटक बोल्यो नेपाल !

काठमाडौँ – सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्व-न्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

राष्ट्र राष्ट्रहरुबीचको द्व-न्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता रहेको स्पष्ट गर्दै सरकारले नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको बताएको छ ।

छिमेकी मित्रराष्ट्र भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम असल छिमेकीको भावनाअनुरुप आपसी मतभिन्नता शान्तिपूर्ण माध्यमबाट समाधान हुनेमा नेपाल विश्वस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति एव् स्थायित्वका पक्षमा दुवै देशले शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्ने विश्वास व्यक्त गरिएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना
मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (विओपी) आज स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुुवामाई नगरपालिकाका प्रमुुख रबिन राईले विओपीको शुभारम्भ गरे।

विओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन् । मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन् । यसअघि विराटनगरको वखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बिओपी स्थापना भइसकको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए। नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुुरक्षा कायम गर्न थप सहयोग पुुग्ने बताए।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ ।

प्रकाशित : शनिबार, असार ०६, २०७७१५:३०

चितवनमा बोरिङ खन्दै जाँदा बालुवामा भेटियो सुनको जस्तो कण, ठूलो खानि हुन सक्ने !