पहिलोपटक गस्ती गर्दै कालापानीको पिलर नम्बर १ पुग्यो सशस्त्र प्रहरीको टोलि !

काठमाडौँ – सशस्त्र प्रहरीको टोली पहिलो पटक कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ पुगेको छ।

केहि समय अगाडी मात्रै दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रुमा बोर्डर आउट पोस्ट स्थापना गरेको सशस्त्र प्रहरीको टोली पहिलो पटक कालापानी क्षेत्रमा रहेको पिलर नम्बर १ पुगेको हो। सशस्त्र प्रहरीको टोली अहिले त्यस क्षेत्रमा लगातार गस्तीमा छ।

गत महिना मात्रै दार्चुलाको ब्याँस गाउँपालिकास्थित छाङ्‍रु मा बोर्डर आउट पोस्ट स्थापना भएको थियो। असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल छाङ्‍रु पुगेर फर्किएक थिए। त्यसयता सशस्त्र प्रहरीको टोलीले त्यस क्षेत्रमा गस्ती बढाएको छ।

बोर्डर आउट पोस्ट स्थापना गरिएको छाङ्‍रुबाट करिब ३० किलोमिटर पश्चिमको त्रिदेशीय सीमामा पिलर नम्बर १ पर्छ। हिउँ जमिरहने त्यस क्षेत्रमा हिउँ छिचोल्दै सशस्त्रको टोलि त्यहाँ सम्म पुगेको बताइएको छ।

नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेपछि सरकारले सीमा क्षेत्रमा सुरक्षा बढाएको छ। त्यसयता सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नयाँ नक्सा जारी गरिसकेको छ।

प्रकाशित : आइतबार, असार ०७, २०७७१६:२६

निजी विद्यालयले शुल्क माग्न थाले !