धोका लुकाइएको सत्य वा बोलेको बचन नपुर्याउनु हो । कुनै कुरा छल गर्नु, लुकाउनु, जानकारी नदिई गर्नु वा बताउनु पर्ने कुरा नबताउनु धोका हो । विश्वास माथिको घात नै हो धोका। धोका बारे हरेकको आफ्नो-आफ्नो बुझाई र प्रतिक्रिया हुन्छ। केहि व्यक्ति धोकालाई सजिलै पचाउँछन् भने केहि धोकालाई गम्भीरता पूर्वक लिन्छन्।
एक मानिसको व्यवहार र आचरण राशि अनुसार पनि बताउन सकिने हुँदा धोकालाई राशिसँग जोडेर पनि हेर्न सकिन्छ। ज्योतिषशास्त्रका अनुसार निम्न ४ राशि धोकालाई गम्भीरतापूर्वक लिन्छन्।
कुम्भ राशि
सामान्य र शान्त रहने कुम्भ राशि हुनेहरु अरुलाई धोका दिँदैनन्। साथै उनीहरु अरुले धोका दिएको खण्डमा चुप पनि बस्दैनन्। कुम्भ राशि हुनेहरुलाई धोका दिएपछि माफ दिन्छन् भन्ने सोच्नु गलत हुन्छ। उनीहरु धोकाको जसरी पनि बदला लिने योजनामा हुन्छन्। शान्त रहने हुँदा उनीहरुको योजना बारे कसैले थाहा पनि पाउँदैन।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरू धेरै संवेदनशील मानिन्छन्। व्यवहारले केहि उर्ग रहेपनि अरुलाई सजिलै विश्वास गर्ने उनीहरुको बानि हुन्छ। तर, धोका भएको खण्डमा उनीहरु चुप बस्दैनन्। आफ्नो विश्वास माथि तुसारापात भए थाहा पाएलगतै उनीहरु प्रतिकारमा उत्रिन्छन्। मनमा कुरा राखेर बस्ने भन्दा पनि तत्काल कदम उठाउने उनीहरुको बानि हुन्छ।
सिंह राशि
व्यवहारले सिंह राशिका मानिसहरु रिसाहा स्वभावका मानिन्छन्। छिट्टै प्रतिक्रिया जनाउने सिंह राशि हुनेहरुको बानि हुन्छ। उनीहरु कुरा लुकाउन पनि सक्दैनन्। जसकारण धोका भएको खण्डमा सिंह राशि हुनेहरु तत्कालै प्रतिकारमा उत्रिन्छन्। अन्याय र धोका सहनु आत्मसम्मान गुमाउनु सरह मान्ने सिंह राशि हुनेहरुको आचरण हुन्छ।
वृष राशि
वृष राशि हुनेहरु सजिलै कसैलाई विश्वास गर्दैनन्। कसैलाई विश्वास गरिहाले र तिनले धोका दिए भने वृष राशि हुनुहरु कहिले पनि माफ गर्दैनन्। आफ्नो भावनासँग खेल्नेलाई जीवनमा पुनः प्रवेश नदिने उनीहरुको बानि हुन्छ। बाहिर देखिने गरी प्रतिक्रिया नजनाएपनि धोकेवाज प्रति भित्र-भित्रै कठोर निर्णय लिसकेका हुन्छन्।