सरिता गिरी भन्छिन् – “चीनकै कारण नेपालको विभाजन हुने भयो”

काठमाडौँ – कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्र नेपालको हो भन्ने प्रमाण छैन् भन्दै दावी गर्दै आएकी जनता समाजवादीकी सांसद सरिता गिरीले नेपालमा चीनको प्रभाव बढेको बताउँदै आएकी छन्।

नेपालमा पछिल्लो समय उत्पन्न भएको घटनाक्रममा चीनको भूमिका रहेको उनले बताउने गरेकी छन्। भारतीय टेलिभिजनमा समेत उनले सीमा विवादमा नेपाललाई चीनले उचालेको बताउँदै आएकी छन्। सर्वत्र आलोचना खेप्दा पनि उनले विवादित बयान दिन छाडेकी छैनन्।

नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गर्न लागिएको प्रति पनि उनले विरोध गर्दै आएकी छन्।

गिरीले पुनः एक पटक कालापानी-लिपुलेक-लिम्पियाधुरा लगायतका क्षेत्रमा समेटेर नक्सा तयार पारिनु र नागरिकतासम्बन्धी विधेयक अगाडी बढाएर विवाद शिर्जना गरिनु दुवैमा चीनको भूमिका रहेको बताएकी छन्।

सोमबार एक ट्वीट गर्दै उनले उत्तरी छिमेकी ले आफ्नो सुरक्षा र साम्राज्य का लागि नेपालको विभाजन खोजेको आरोप लगाएकी हुन्। कोरिया को विभाजन समेत चीनका कारण भएको उनको आरोप छ।

“उत्तरी छिमेकीले आफ्नो सुरक्षा र साम्राज्य का लागि नेपालको विभाजन खोजे को हो , जसरी कोरिया को विभाजन भएको थियो । नक्शा प्रकरण र मधेशसँग को सम्पूर्ण विवादको जडमा रहेको मूल कुरो यही हो ।”,उनले ट्वीटरमा भनेकी छन्।

प्रकाशित : सोमबार, असार ०८, २०७७१२:४४

चीनसँग सीमाना जोडिएर पनि अहिले सम्म कोरोनाले छुन नसकेको रसुवा !