तपाईंले आजसम्म रक्सी पिउँदा हुने हानिहरूको बारेमा सुनेको हुनुपर्छ, तर के तपाईंलाई यसको फाइदाको बारेमा थाहा छ? हो, यो सुनेर अचम्म नमान्नुहोस् कि धेरै रक्सी पिउनु स्वास्थ्यको लागि हानिकारक छ तर शरीरको मालिस गर्नका साथै रक्सीको धेरै फाइदाहरु पनि छन्। यसले केहि क्षणमै तपाइँको शरीरको थकान कम गर्न सक्छ।
आउनुहोस् जान्नुहोस् रक्सीको फाइदाहरु के-के हुन्छन् त ?
शरीरको दुखाइ कम गर्छ

दिनभरको भागदौड र कामले गर्दा बेलुका हाम्रो शरीर थकानले निकै दुख्छ । यस्तोमा पुरा शरीर रक्सीले मालिस गर्नुहोस् । यसले केहि क्षणमै शरीरको दुखाइलाई मात्र राहत हैन , तपाईंलाई मांसपेशिको दुखाइबाट पनि मुक्त गर्दछ। रक्सीले शरीरको दुखेको भागमा मालिस गर्नुहोस् र एक घण्टा पछि धुनुहोस्।
छाला र न नङहरूका लागि

यदि तपाईंको छाला वा नङहरूमा फंगल संक्रमण छ भने, रक्सी तपाईंको लागि धेरै उपयोगी हुन सक्छ। किनकि यो छाला र नङहरूमा बढ्ने कुनै प्रकारको फंगसको लागि धेरै प्रभावकारी हुन्छ । यसलाई कपासको टुक्राले छाला वा नङमा लगाउँनुहोस् र सुकेपछि धुनुहोस्।
घाउ चाँडै निको पार्छ

यदि तपाईंलाई सनोतिनो दाग लागेको छ वा छालामा घाउ भएको छ भने तपाईं यसलाई चाँडै निको पार्न रक्सी प्रयोग गर्न सक्नुहुन्छ। घाउ लागेको ठाउँमा रक्सी प्रयोग गर्नाले, यसले एन्टिबायोटिकको रूपमा काम गर्छ र घाउ चाँडै निको हुन्छ।
कपालका लागि हुन्छ लाभदायक

रक्सीको मालिस शरीरको लागि मात्र लाभदायक हैन, कपालको लागि पनि अत्यन्त प्रभावकारी हुन्छ । बियरले कपालको मालिस गर्दा कपाल नरम र चमकदार हुन्छ ।
छाला तातो बनाउँछ

रक्सी मालिस शरीर र छाला तातो बनाउनको लागि पनि धेरै प्रभावकारी हुन्छ । रक्सी मालिस गरिसकेपछि तपाईंले शरीरमा तातोपनाको महशूस गर्न सक्नुहुन्छ ।

