आफ्नो छाला जो कोहि पनि सफा र सुन्दर देख्न चाहन्छ। कसैलाई पनि आफ्नो अनुहारमा दाग-धब्बा आएको मन पर्दैन । खासगरी प्रत्यक महिलाको यहि चाहाना हुन्छ कि उनीहरुको छाला सफा,सुन्दर र चमकदार रहोस् । तर कतिपय मानिसको अनुहारमा डण्डीफोर अथवा अरु केहि कारणले दाग धब्बा बस्ने गर्छ र हरेक थरिका महंगा महंगा कस्मेटिक उत्पादनको प्रयोग गर्दा पनि यो ठिक हुँदैन।

यो थाहा पाइराख्नुहोस् कि घरमै बनाएको चुकन्दरको फेस प्याकको प्रयोग गरि तपाइँ आफ्नो छालामा सुधार र चमकता ल्याउन सक्नुहुन्छ । आज हामी तपाईंलाई चुकन्दर फेसप्याकको फाइदाहरु बताउँछौं।
कालो ओठ

कुनै प्रकारको रासायन युक्त लिप बाम लगाउँदा ओठ कालो हुन्छ। यस्तो अवस्थामा, आजैबाट चुकन्दर प्रयोग गरेर, तपाईं स्वाभाविक रूपमा आफ्नो ओठ र गालामा गुलाबी रंग पाउँन सक्नुहुन्छ। यसकोलागि दैनिक बेलुका सुत्ने बेला आफ्नो ओठ र गालामा चुकन्दरको रस लगाएर सुत्नुहोस् । केहि दिनमै तपाईंको ओठ र गालामा यसको असर देखा पर्न थाल्छ ।
दाग धब्बा

चुकन्दरको साना-साना टुक्रा पारेर दुई दिन सम्म घाममा सुकाउनुहोस् । त्यसपछि यसलाई पिसेर पाउडर बनाउनुहोस् । अब यो पाउडरलाई बादमको तेलमा मिलाउनुहोस् र एउटा सिसाको बोतलमा हालेर राख्न सक्नुहुन्छ र दैनिक यो मिश्रण आफ्नो अनुहारमा प्रयोग गर्न सकिन्छ । केहि दिनमा नै तपाईंको अनुहारमा रहेको दाग धब्बा हराएर जान्छ र तपाईंले सफा र सुन्दर छाला पाउनुहुन्छ ।
डार्क सर्कल
महिलाका लागि डार्क सर्कलको समस्याहरूबाट छुटकारा पाउन बदामको ५ थोपा तेलमा एक चम्चा चुकन्दरको रसको मिलाएर बनेको मिश्रण आँखा वरिपरि लगाउनुहोस्। त्यसपछि आधि घण्टा पछि मुख धुनुहोस् । केहि दिनमा तपाईंको डार्क सर्कल कम हुन्छ ।

