महिलाहरुले राती यी चिजहरु उतारेर सुतेको राम्रो, अन्यथा हुन सक्छ खतरा !

दिनभर बाहिरको अथवा घरायसी कामले महिला निकै थकित भएका हुन्छन्। थकानको कारण उनीहरु कहिलेकाही आफ्नो ख्याल पनि राख्न पाउँदैनन्। उनीहरूले खानेकुरलाई वेवास्ता त गर्छन् नै तर  कहिलेकाँही, महिलाहरू बेलुका सुत्दा धेरै गल्तीहरू पनि  गर्दछन् जुन गल्तिहरु पटक पटक दोहोर्याउँनाले  पछि बिरामी पनि बनाउन सक्छ। हो, महिलाहरूले राती सुत्दा केही चिजहरू उतार्नु पर्छ, अन्यथा उनीहरू गम्भीर रोगको सिकार हुन सक्छन्।

टाइट कपडा

विज्ञहरूका अनुसार  राती सुत्दा  खुकुलो र सफा कपडा  लगाएर सुत्नु पर्छ ।  थकावटको कारण टाइट कपडाहरूमा सुत्नुहुँदैन , किनभने पुरा दिन टाइट कपडा लगाउँदा रगत प्रवाहलाई असर पर्छ । त्यसैले बेलुका सुत्दा खुल्ला कपडा लागएर सुत्नु पर्छ ताकि रगत प्रवाहमा असर नहोस्।

अन्डरगारमेन्ट्स

महिलाहरू दिनभरि भित्रि कपडा लगाउँछन् र रातमा समेत यी लुगा लगाएर निदाउँछन्। तर यसले निजी अंगहरुको तापक्रम शरीरको बाँकी भाग भन्दा उच्च हुन्छ। साथै, त्यहाँ ओसको सम्भावना पनि बढि हुन्छ, जसले गर्दा धेरै रोगहरूको जोखिम बढाउँछ। यस्ता कपडाबिना सुत्दा  यी अंगहरूमा संक्रमणको जोखिम कम हुन्छ।

कपालमा प्रयोग हुने सामानहरु 

अधिकांश  महिलाहरू घरमा काम गर्दा  आफ्नो कपालमा हेयर पिन, स्न्याप र क्लिपजस्ता सामानहरू प्रयोग गर्दछन्। रातमा सुत्दा पनि लगाएरनै सुत्छन् । तर यी चिजहरु लगाएर सुत्दा निन्द्रा त बिगार्छ,साथै शरीरमा खोप्ने डर पनि उत्तिकै  हुन्छ,जसले कहिलेकाहीं ठुलै घाउ पनि लाग्न सक्छ।

कन्ट्याक लेन्स 

आधुनिक महिलाहरु आखामा कन्ट्याक लेन्स  प्रयोग गर्छन् । तर कहिलेकाही उनीहरु राती सुत्दा पनि यो लगाएरनै सुत्ने गर्छन्। तर यस्तो गर्नु ठिक हैन किनभने राती सुत्दा लेन्स आखा भित्र यताउता हुन सक्छ साथै यसको कारण आखाको कोर्नियालाई आवश्यक अक्सिजन मिल्दैन जसले गर्दा आखामा संक्रमण हुने खतरा बढ्छ।

मेकअपको साथ नसुत्नुहोस्   

रातमा सुत्नु अघि मेकअप राम्रोसँग हटाउनु पर्छ। किनभने मेकअपले छालामा  नराम्रो असर पार्न सक्छ, त्यसैले सुत्ने बेलामा अनुहार राम्रोसँग सफा गरेर सुत्नुपर्छ ताकि मेकअप रातभर अनुहारमा नबसोस्। यदि  रातभर अनुहारमा मेकअप छोड्यो भने यसले  छालामा नराम्रो असर पार्न सक्छ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१४:३५

तुलसीको सेवनले दिलाउँछ फ्लू र भाइरसबाट छुट्कारा ! यसरी गर्नुहोस् प्रयोग…