चाणक्य नीति : यस्तो पति-पत्नी र नातेदारलाई त्याग्नुमै भलाई

काठमाडौँ : आचार्य चाणक्यलाई कुनै परिचयको जरुरत छैन। उनका नीति तथा ज्ञानले हाम्रो दैनिक जीवनलाई सरल र सुगम बनाउनुको साथै थुप्रै किसिमका समस्याहरुबाट बचाउँछ। जीवन सफल बनाउनको लागि आचार्य चाणक्यको नीति-सुत्र अत्यन्तै उपयोगी छ। चाणक्य नीति अनुसार जीवनको पूरा आनन्द लिनको लागि हामीले यस्ता जीवनसाथी र सम्बन्धलाई त्याग गर्नु पर्नेछ।

१. यस्तो धर्म त्याग्नु नै उचित :

 

चाणक्य भन्छन् कि यस्तो धर्म पालन गर्नु निरर्थक र कष्टदायी हुन्छ, जहाँ दयाको लागि कुनै स्थान छैन। जुन धर्मले अरुप्रति दया भाव राख्न सिकाउँदैन् र जसको पालनबाट जीवनमा सौहार्दतामा कमी आउँछ, यस्तो धर्मलाई त्याग्नु नै भलाई हुनेछ।

२. यस्तो गुरु त्याग्न आवश्यक :

चाणक्य नीति अनुसार, गुरु ती हुन् जसमा ज्ञानको सागर समेटिएको हुन्छ। यस्ता गुरु जसको बोली र व्यवहारमा अन्तर छ अर्थात जो आफ्नो शिष्यलाई त शिक्षा दिन्छन् तर त्यहीं कुरा आफ्नो आचरणमा ल्याउँदैनन् भने यस्ता गुरुलाई त्याग्न पर्छ। विद्याको अभावमा बाँचिरहेको व्यक्ति कहिल्यै असल गुरु हुन् सक्दैनन्।

३. यस्तो पतिलाई छोड्नु उपयुक्त :

पति, जसको व्यवहारमा क्रोध अभिन्न अंगको रुपमा रहेको छ र स-साना कुरामा झगडा गर्छन्, पारिवारिक वातावरण सही राख्न ध्यान दिँदैनन्, बालबच्चाको हेरचाह प्राथमिकतामा राख्दैनन् भने यस्तो पतिलाई छोड्नु बेस हुनेछ । ताकि आफ्नो र बालबच्चाको जिन्दगी राम्रो बनाउनको लागि नयाँ सुरुवात गर्नु सक्नुहुन्छ।

४. यस्तो पत्नीसँग सम्बन्ध-बिच्छेद गर्नु उचित :

यस्तो पत्नी जसको मुखमा हरेक समय अपशब्द र क्रोध प्रकट हुन्छ र घरमा कलहको माहोल बनाउँछिन् भने यस्तो पत्नीसँग सम्बन्ध-बिच्छेद गर्नु उचित हुन्छ। किनकी यस्तो पत्नीसँग रहँदा मनमा नकारात्मकता आउँछ, जुन परिवारको प्रगतिको लागि बाधक बन्छ।

५. यस्तो सम्बन्धलाई खासै महत्व नदिनुहोला :

हाम्रा थुप्रै आफन्त छन्, जसका लागि हामी आफ्नो समय र धन खर्च गर्छौं। तर ती आफन्त मध्ये केही यस्ता व्यक्तिको बारेमा थाहा हुनु जरुरी छ जो साँचो अर्थमा हाम्रा शुभचिन्तक हुन्। हाम्रा र हाम्रा परिवारको विकास चाहन्छन् र साँच्चै हामीलाई प्रेम गर्छन्। यस्ता नातेदारहरुलाई खास महत्व दिनुपर्छ र विपत्तिको समयमा उनीहरुलाई साथ दिनुपर्छ।

प्रकाशित : सोमबार, असार ०८, २०७७१५:००

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी !