काठमाडौँ, शरिर स्वस्थ राख्नको लागि खानपान र जीवन शैली विशेष महत्वपूर्ण रहेको हुन्छ । योेगगुरु डा. विकासनन्द भन्छन्, योगा गरेर मात्र शरिर स्वास्थ राख्न सकिदैन् । जति तपाई योगा गर्नुहुन्छ त्यतिकै मात्रामा तपाईले स्वस्थ र तागतिलो खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हरेक दिन बिहान खाली पेटमा लसुन, अदुवासँगै मनतातो पानी पिउने गर्नाले शरिरमा थुप्रै फाइदाहरु हुने गर्छ ।
यस्तो छ लसुन, अदुवा, कागती मनतातो पानी पिउनुको फाइदा
तातोपानी र लसुन र अदुवा : हरेक दिन खाली पेटमा तातो पानीसँगै अदुवा खानाले पेटमा रहेका बिकारहरु बाहिर निस्कने हुँदा पेट सफा हुन्छ । यसरी नियमित सेवन गरेकोे २४ घण्टामा पेटभित्र रहेका सम्पूर्ण विकार चिजहरु बाहिर निष्कन्छ र पेट पूर्ण रुपमा सफा गर्छ ।
लसुन अदुवा तरकारीमा मसलाको रुपमा मात्र प्रयोग नभएर अन्य कुराहरुको लागि पनि निकै महत्वपूर्ण रहेको हुन्छ । खाली पेटमा लसुन चपाएर पानी पिउने गर्नाले प्रेसरलाई ठिक ठाउँमा राख्ने गर्दछ । लसुनको सेवन गर्नाले पेटलाई सफा गर्नुको साथै पेटमा इन्फेक्सन हुन दिँदैन् ।
तातो पानी र कागती : बिहान खाली पेटमा नियमित तातो पानीमा कागतीका रस हालेर सेवन गर्ने गर्नुहोस जसे गर्दा शरिरको तौललाइृ सन्तुलन गर्दछ । तौल बढी भएर विभिन्न रोगको सिकार बनेका मानिसहरुलाई नियमित कागती पानीको सेवन गर्नाले मटोपनको समस्याबाट छुटकारा गर्छ ।

