के तपाईको दात बाङ्गोटिङ्गो भएर चिन्तामा हुनुहुन्छ ? यी ५ विधीहरु अपनाउनुहोस् !

काठमाडौ । तपाइ आफ्नो दात बाङ्गोटिङ्गो भएर के गर्ने भन्ने चिन्तामा हुनुहून्छ ?अब त्यसो भए चिन्ता नलिनुहोस । त्यसको सजिलो उपायको साथमा हामी आएका छौ ।त्यसका लागी तपाइले अब कहि पनि धाइरहनु पदैन । किनकी अब हामीसगँ छ । यी ५ अति उपयोगी सूत्रहरु जुन प्रयोग गर्नुभयो भने सजिलो र कम खर्च मै सिधा हुनेछ । हेरौ यो जानकारी

सुरुवातमा रहेको छ बोन्डिङ्ग विधी यदि दाँत भित्र छिरेको छ भने अगाडि ल्याउन, बाहिर निक्लेको दाँत भित्र लानको लागि र टूटे फूटेको दाँतलाई मिलाउनको लागि बोन्डिङ्गको प्रयोग गरीन्छ । यदि कुनै दाँत बाहिर निक्लेको छ भने यसलाई बोन्डिङ्ग गरेर मिलाउन सकिन्छ । टूटेफूटेको दाँतलाई मिलाउनको लागि दाँतको रङ्गको कम्पोजिट फिलिङ्गलाई दाँत माथि लगाइन्छ । यो सबै विकल्प मध्ये सजिलो र सस्तो विकल्प हो ।

त्यसैगरी अर्को विधी क्लीयर अलिग्नर्स रहेको छ । यो पनि इनविजअलाइन जुन क्लीयर अलिग्नर्सको रुपमा धेरै प्रयोग गरीन्छ । यो ब्रासेजको विकल्पमा प्रयोग गरीने सबै भन्दा लोकप्रिय विकल्प हो । यसको प्रयोगले हरेक प्रकारका दाँत मिलाउन सकिन्छ । यस क्रियामा दन्त चिकित्सकहरुले एउटा क्लीयर अलिग्नर्स ट्रे सिरिज दिन्छन् जसलाई दाँत माथि लगाइन्छ । प्रत्येक अलिग्नर्स दिनमा २० घण्टा लगाउनु पर्दछ । दुई हप्तापछि अर्को ट्रेको प्रयोग गर्नुपर्छ ।यो पनि धेरैले प्रयोग गरको विधी हो ।

त्सयसैगरी भिनियर विधी रहेको छ । यसमा भिनियर पोर्सेलेनको पानीको जस्तै पातलो तह हुन्छ जुन दाँतमाथि लगाइन्छ । दाँतको नाप लिएर ल्याबमा पोर्सेलेन वा सिरामिकको तह तयार गरीन्छ । यसलाई दाँतमा फिट गर्नु पहिले दाँत माथिको इनामेलकोएक तह हटाइन्छ । यसलाई दाँतको खाली ठाउँमा भर्न प्रयोग गरीन्छ र यो पाच वर्षसम्म टिक्छ । पाँच वर्ष पछि फेरि भर्नु आवश्यक पर्दछ ।यो पनि निकै नै भरपर्दो विधी हो ।

त्यसैगरी हेडगियर वा क्याप पनि अर्को सजिलो विधी हो । यदि तपाईको दाँत धेरै बिग्रेको छ र हेर्दा पनि नराम्रो देखिन्छ भने हेडगीयर वा क्यापको प्रयोग गर्न सक्नुहुन्छ । दाँतलाई सिधा बनाउन यसको प्रयोग गरीन्छ । यस क्रियामा माथिल्लो भागको दाँत र गिजालाई दबाब माथि दिइन्छ । यसको सबै भन्दा राम्रो कुरा भनेको यसलाई दिनमा केहि घण्टा मात्र लगाए हुन्छ । धेरैजसो मानिसहरु राती सुत्ने बेलामा लगाएर सुत्छन् । तर एउटा कुरामा ध्यान राख्नुहोस् कि खाने र ब्रश गर्ने समयमा यसलाई निकाल्नु आवश्यक छ । यस विधीले निकै नै राम्रोर सुन्दर दात बनाउछ ।

त्सयसैगरी अन्तिम उपाय रिटेनर्स विधी ,यसलाई कुनै पनि समयमा दाँतमा लगाउन सकिन्छ र दाँतबाट निकाल्न पनि सकिन्छ । एसिक्स रिटेनर्स पूर्ण रुपमा पारदर्शी हुन्छ, जुन दाँतमाथि लगाइन्छ । तर दाँत धेरै बाङ्गोटिङ्गो छैन भने मात्र यसको प्रयोग संतोषजनक हुन्छ । यो धेरै महङ्गो हुदैन र यसलाई लगाउन पनि सजिलो हुन्छ । यति ५ उपायमध्ये एक ाउपाय अपनाउनुभयो भने तपाइको मुहारमा सधै सुन्दरता आउनेछ ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१२:४४

के तपाई आफ्नो अनुहारमा सुन्दरता ल्याउन चाहनुहुन्छ ? त्यसो भए सुत्नु भन्दा अगाडी यसो गर्नुहोस् !