काठमाडौँ – चिनीयाँ युवतीहरु देख्दा लाग्छ यीनीहरु किन यति सुन्दर हुन्छ्न ? तर उनीहरु सुन्दर हुनुको पछाडी लुकेको छ पारस्पारीक घरेलु उपाय । चिनीयाँ युवा होस् या युवती उनीहरुको शरिरको छाला बिना दाग नरम अनि निकै चम्किलो रहेको देखिन्छ । उनीहरुले सधै अपनाउने घरेलु उपाय हामीले पनि गर्न सक्छौँ । आज हामी तपाईहरुलाई चिनीयाँहरुले सुन्दरताको लागि प्रयोग गर्न केही घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ । जुन तपाईले पनि गर्न सक्नुहुनेछ ।
यस्तो छ चिनियाँहरुको सुन्दरताको रहस्य : चिनीयाँ युवतीले छालालाई सुन्दर बनाउनको लागि चामलको पानीलाई टोनरको रुपमा प्रयोग गर्ने गर्छन् । यसको लागि चामललाई पानीमा राखेर भिजाउँने । केही समयपछि चामल भिजाएको सेतो पानी माथि निस्कन्छ । त्यसपछि त्यो पानी मात्र छानेर फ्रिजमा राख्ने । यसरी फ्रिजमा राखेको पानी ती चार दिन सम्म प्रयोग गर्न सकिन्छ । त्यसलाई कपास वा रुईको सहायताले अनुहारमा लगाउनुहोस् । त्यो पानी सकेपछि फेरि अर्को पान त्यसरी नै बनाएर प्रयोग गर्ने गर्नुपर्छ ।
जवान देखिनको लागि ग्रिन टिको प्रयोग : चिनीयाँ युवतीहरु आफुलाई जवान देखाउनको लागि हरेक दिन ग्रिन टीको प्रयोग गर्ने गर्छन् । हरेक दिन बिहान एक कप ग्रिन टी पिउनाले पेट स्वस्थ बन्नुको साथै नियमीत पिउने गर्नाले जवान देखिन्छ ।
अनुहार सफ देखिनको लागि : चिनीयाँ युवतीहरु अनुहारलाई सफा राख्नको लागि पुदिनाको प्रयोग गर्ने गर्छन् । पुदिनाको पात पिसेर अनुहारमा लगाउने र सुकेपछि धुने गर्नाले अनुहारमा रहेका दागहरु हटेर जान्छ ।
चाउरीपनबाट बच्न : अनुहारलाई चाउरीपनबाट बच्नको लागि चिनीयाँ युवतीहरुले अण्डाको प्रयोग गर्छन् । जुन तपाईले पनि गर्न सक्नुहुनेछ । अण्डाको सेतो भागलाई अनुहारमा लगाउने । करिब २० मिनेटपछि चिसो पानीले सफा गर्ने । यसो गर्नाले अण्डामा भएको एस्ट्रिजेन्टले छालालाई कसिलो बनाउँछ । अर्को तरिका हो मसाज । हरेक दिन मसाज गर्नाले रक्त सञ्चार हुने र कोषहरुको रिजेनेरेशन बढ्छ जसले आँखा सुन्निे जस्तो समस्यालाई कम गर्छ ।

