काठमाडौँ – आफुलाई सुन्दर देखाउन हरेक मानिसले आफ्नो कानमा विभिन्न किसिमका गरगहनाहरु लगाउने गर्छन् । झन विवाह वा कुनै पार्टीमा जानुपर्यो भने सबैभन्दा ठूलो गहनाको होड चलेको हुन्छ । तर सुन्दरताको लागि लगाउने गहनाले आफ्नो शरिरलाई कति असर पार्छ भन्ने कुरा थाहा नै हुँदैन् ।
कानमा लगाउने रिङ, कुण्डल जस्ता गरगहनाहरु लगाउने गर्दा कानको लोती ठूलो हुने गर्छ भने कतिको त लोती नै च्यातिने गर्छ । कना मानिसलाई सुन्दर देखाउने एक अंग हो । तर गरगहना लगाउँदा ख्याल नगर्दा कतिपय महिलाहरु कानको लोति च्यातिएर चिन्तित हुने गर्छन् ।कहिले काह आफुले लगाएको गहना कतै कपडा तिर अल्झिएर पनि कान च्यातिएको हुन्छ । यस्तो अवस्थामा आफुले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
कानको लोती च्यातिएमा कसरी उपचार गर्ने त ?
कानको लोतिमा हड्डी नहुने हुँदा कमलो हुन्छ । कमलो छालामात्र हुने भएकाले भारी गहना लगाउँदा लोती च्यातिने सम्भावना बढी हुन्छ । कसैको कानको लोती जन्मजातै सानो हुन्छ भने कसैको ठूलो हुन्छ । तर गरगहना लगाउने विषयमा ध्यान नदिँदा कानको लोती च्यातिने गर्छ । कानको लोती ठूलो भएका मानिसले सर्जएरी गरेर ठूलो बनाउने गर्छन् भने ठूलो हुनेले कानको लोती सर्जरी गरेर सानो बनाउने गर्छन् । कानको लोतीको सर्जरी गर्न आधा घण्टामात्र समय भए पुग्छ ।
सर्जरी छाला रोग विशेषज्ञले गर्ने गर्छन् । सर्जरी गराउँदा च्यातिएको भागलाई मात्रै लट्याएर पुरानो छालालाई नदेखिने गरेर काटेर मसिनो पारेर सिलाइन्छ । यसरी सर्जरी गरेतापनि नियमित काम गर्न सकिन्छ । तर सर्जरी गराएपछि कतिको कानको लोती सुनिन सक्छ त्यसकारण आइसले सेक्न सकिन्छ । यसो गरिसकेपछि कान सर्जरी गरेको एक दुई महिनापछि छेडेर गहना लगाउन सकिन्छ तर ठूलो तौल बढी भएको गहना लगाउनु हुँदैन् ।

