“विदेशबाट फर्किनेलाई तिरस्कार नगरौं, नमस्तेसहित स्वागत गरौँ” [भिडियो सहित]

काठमाडौँ – महानायक राजेश हमालले विदेशबाट फर्किने नेपालीलाई न्यानो स्वागत गर्न आह्वान गरेका छन्।

युनिसेफको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै महानायक हमालले सुरक्षा र सहायताको खोजिमा स्वदेश फिर्ता हुन लागेका नागरिकलाई तिरस्कार नगरी स्वागत गर्न आग्रह गरेका हुन्।

“ऊ छोरा कसैको, ऊ छोरी कसैकी; ऊ बुवा कसैको, ऊ आमा कसैकी; दाजु, दिदी, साथी, श्रीमान वा श्रीमती पनि। जे हुन् हैनन् पराया, आफ्नै र हुन् नी,”,एक भिडियो जारी गर्दै उनले भनेका छन्,”हुर्के बढे यै आँगनमा खेले यै माटोमा; बसायौं हामीले उनलाई सधैँ हाम्रो आँखामा। तर जब आयो अनायास त्रास कोरोनाको किन भए उनीहरु पराया झैँ एकैछिनमै,”

भिडियोमा उनले थप भनेका छन्,”के यसैलाई भनिन्छ परिवार ? मानेकै हौं हामीले ‘प्रेम’ र स्नेहको हार ?स्वच्छ मनले दिउँ सधैँ साथ। तर नभुलौं सफा राख्न आफ्नो हात”

अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौं नागरिकहरू सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेका हरुलाई नमस्कार गरी स्वागत गर्न उनको आग्रह छ।

प्रकाशित : बुधबार, असार १०, २०७७१२:०९

आफ्नै ज्यान जानेबेला सम्म उपचार गर्दै स्वास्थ्यकर्मी, ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित !